विराटनगरमा निर्यात प्रवद्र्धनका लागि उद्योगी ब्यवसायीलाई प्रशिक्षण

विराटनगरमा निर्यात प्रवद्र्धनका लागि उद्योगी ब्यवसायीलाई प्रशिक्षण

विराटनगर । निर्यात प्रबद्र्धनका लागि उद्योगी व्यवसायीलाई प्रशिक्षण थालिएको छ । निर्यातजन्य बस्तुको उत्पादनमा उद्योगी व्यवसायीको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले प्रदेश स्तरीय प्रशिक्षण बुधबार देखि विराटनगरमा सुरू भएको हो ।
नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ को समन्वयमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुसियैतले निर्यात आयात प्रतिस्थापन र निर्यात बृद्धिका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय गरेर अघि बढ्न तत्पर रहेको बताउनुभयो । उहाँले बैदेशिक व्यापार सहजीरकणका लागि प्रदेश सरकारले बनाउनुपर्ने कानुन तथा नीतिका विषयमा पनि प्रशिक्षणमा छलफल हुनुपर्ने बताउनुभयो ।

उहाँले नीजि क्षेत्रको सल्लाह र सुझाव अनुसार नै प्रदेश सरकारले उद्योग व्यवसाय सम्बन्धि नीति तथा कानुन तयार गर्ने पनि स्पष्ट पार्नुभयो । ‘आयात घटाउन र निर्यात बढाउन प्रदेश सरकारले ल्याउनु पर्ने आवश्यक नीतिका विषयमा निजी क्षेत्रको सुझाव आबश्यक छ, कुसियैतले भन्नुभयो, प्रदेश १ कृषिजन्य बस्तु उत्पादनमा अब्बल भए पनि बस्तु छनोट तथा ब्राण्डीङमा पछि परेका कारण तुलनात्मक लाभका बस्तुहरू उत्पादन गर्ने र निर्यात क्षमता बढाउन आबश्यक रहेको छ ।’
उद्योग बाणिज्य महासंघ प्रदेश १ का कार्यबाहक अध्यक्ष लिलम बस्नेतले स्वदेशमै उत्पादित बस्तुले आयात प्रतिस्थापन गर्नु आबश्यक रहेको बताउनुभयो। आयात प्रतिस्थापन गर्ने र निर्यात प्रबद्र्धन गर्ने उद्देश्यले प्रदेश १ मा उद्योगी, व्यवसायीको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सह सचिव महेश आचार्यले दुनियाँमा निर्यात गर्न सक्ने देशले मात्रै आर्थिक विकास गर्नसक्ने भएकाले आर्थिक समृद्धिका लागि निर्यात आबश्यक रहेको धारणा राख्नुभयो । दुई दिनसम्म संचालन हुने प्रशिक्षणमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ अन्तरगत रहेका उद्योग वाणिज्य संघका अध्यक्ष एंव प्रतिनिधिहरु गरी ४० जनाको सहभागिता रहेको छ । उक्त र्काक्रममा अर्थविज्ञ श्री रवि भट्टराईले नेपालको आर्थिक सहित निकासी र पैठारीको अवस्थाका संभावनाका विषयमा प्रशिक्षण दिनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्