विराट एक्स्पोको तयारी अन्तिम चरणमा, हेलिकप्टरसँगै हात्तीको सवारी गर्न पाईने

<span class='c1'>विराट एक्स्पोको तयारी अन्तिम चरणमा,</span> <span class='c2'>हेलिकप्टरसँगै हात्तीको सवारी गर्न पाईने</span>

विराटनगर । फागुन २ गते देखी विराटनगरमा हुन लागेको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
उद्योग संगठन मोरङले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि मेलाको तयारी बारेमा जानकारी दिएको हो । विराटनगर २ शंकरपुर मार्गमा फागुन २ गतेदेखी १० गते सम्म लाग्ने व्यापार मेलाको आयोजना हुँदैछ । औद्योगिक उत्पादन र प्रविधी प्रवद्र्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यावसायीक उत्पादनलाई जोड दिन विराट एक्स्पो २०७६ कृषि तथा औद्यौगिक अन्तराष्ट्रिय प्रदर्शनी गर्न लागिएको विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिनुभयो ।
मेलामा जुम्लाको स्याउ, मार्सि चामल, पोखराको पाउ, उदयपुरको खरायो र बरमझियाको पेडा पनि राखिने आयोजकले जनाएको छ । त्यसैगरी तेह्रथुमको ढाका, ईलामको ललिपप, चिया, संखुवासभाको अल्लो हस्तकला , कृषि यन्त्रका सामाग्री प्रदर्शनीमा राखिने छ ।
साथै हेलिकप्टरबाट विराटनगर र पाथीभराको अवलोकन र हातिबाट सवारी पनि गराईने आयोजकले जनाएको छ । प्रदर्शनीमा ३ सय ४० वटा स्टल रहने जनाइएको छ । जसमध्ये ४० वटा विदेशी कम्पनी, कुषि, घरेलु तथा हस्तकलाका ६० वटा, औद्योगिक उत्पादनहरुका १६० वटा , अटो मोवाइल्स ३८, खाद्यन्नका १२ स्टल रहने जनाइएको छ । अन्य स्टलहरू फुटवेयर र विविध औद्योगिक सामग्री र खाद्यान्नका लागि पनि छुट्याइएको छ ।
एक्स्पोमा सूचना प्रविधिमा भएका नयाँ खोज र ज्ञानका लागि छुट्टै स्टल राखिने छन्। त्यस्तै शिक्षा, विज्ञान र स्वास्थ्यका बारेमा जानकारी गराउने स्टल पनि हुने आयोजकले जनाएको छ । एक्स्पोमा स्वदेशका उत्पादन र कृषिजन्य उत्पादनलाई विशेष प्राथमिकता दिइने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकार दिनुभयो ।
स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइएको छ । प्रदर्शनीमा मोरङ सुनसरी, सिरहा , सप्तरी, सुनसरी, उदयपुर र झापा र छिमेकी मुलुक भारतको विहारका तीन लाखले दर्शकले अवलोकन गर्ने जनाईएको छ। क्षे अबधिमा एक अर्ब बढीको कारोवार हुने समेत आयोजकको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्