रतुवामाईमा शिव महापुराण धनधान्याञ्चल महायज्ञ सुरु

<span class='c1'>रतुवामाईमा शिव महापुराण</span> <span class='c2'>धनधान्याञ्चल महायज्ञ सुरु</span>

रंगेली । मोरङको रतुवामाई नगरपालिका ६ को ओमकारेश्वर शिव पाञ्चायन मंन्दिरमा धार्मिक तथा पर्यटकियक्षेत्र बिकास गर्ने उदेश्य महापुराण शुरुभएको छ ।
मंन्दिरको ४४ औ बार्षिकोत्सव एवम् महाशिवरात्रीको अवसरमा सात दिने शिव महापुराण एवम् धनधान्याञ्चल ज्ञान महायज्ञ धार्मिक अनुष्ठान सुरु भएको हो । गत सालदेखि धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्ने उदेश्यका साथ चौरासी परिक्रमा (१०८ शिव लिङ) स्थापना , चिल्ड्रेन पार्क निर्माण, सिमसार, बिद्यालय स्थपना ,स्वीमिङ पुल, पिक्निक स्पोर्ट्स निर्माणका लाथि पुराण लगाउनु परेको स्थानीय युव बबिन भण्डारीले जानकारी दिनुभयो । शिवपुराणमा पंडित गणेश प्रसाद भट्टराईद्वारा कथा वाचन पंडित घनश्याम पौडेलले गर्नु भएको छ ।
उद्योग पर्यटन वन वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले महायज्ञको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य शान्ता पौडेल, सहसचिव बद्रीराज ढुङ्गाना , नेकपा नेता गणेश उप्रेती, समाजसेवी बलवहादुर बस्नेत, मन्दिरका अध्यक्ष पुण्यप्रसाद खतिवडा, चिरञ्जीवी भट्टराई लगायतको उपस्थिति थियो ।
मन्दिरको भान्सा घर निर्माणक लागि स्थानीय समाजसेवी बलवहादुर बस्नेतले सहयोग गर्नु भएको छ।
मंन्दिरमा पर्यटन मन्त्रालयबाट चालु आर्थिक बर्षमा पर्यटन प्रबर्द्धनका लागि प्रदेश सरकारले ७५ लाख रुपैयाँ समेत बजेट बिनियोेजन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्