‘ए’ डिभिजन लिग फुटबल: अन्तिम चरणका खेलहरु आजदेखि

‘ए’ डिभिजन लिग फुटबल: अन्तिम चरणका खेलहरु आजदेखि

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको १३ औं तथा अन्तिम चरणका खेलहरु आज(विहीबार)देखि हुँदैछन् । आज तीन खेल हुनेछन् ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा बिहान पौने ९ बजे हुने खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबसाग खेल्नेछ ।

यसैगरी दिउँसो सवा १२ बजे सशस्त्र प्रहरीके एपिएफ टिमले ब्रीगेड ब्वाईज क्लब बिबीसीसंग खेल्दा साढे ३ बजे सरस्वती युथ क्लबले संकटा क्लबसंग खेल्नेछ ।

जारी लिगको उपाधि छिनोफानो भने शनिवार हुने त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबिचको अन्तिम भिडन्तबाट हुनेछ ।

लिगमा १२ चरणको समाप्तीसम्म आर्मी क्लब २९ अंकसहित शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानको मच्छिन्द्र क्लबको २८ अंक छ ।

तेस्रो स्थानको मनाङ्ग मस्र्याङ्दी क्लबको २५ अंक छ । २३ अंक जोडेको थ्रीस्टार क्लब चौथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्