भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘लभ डायरिज’ प्रदर्शनमा आउने

भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘लभ डायरिज’ प्रदर्शनमा आउने

भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘लभ डायरिज’ फागुन २ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

सौरभ चौधरीको निर्देशन रहेको फिल्ममा सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजीत रिमाल लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । फिल्म विनोद सापकोटाले निर्माण गरेका हुन् ।

रोमान्टिक कमेडी भनिएको यो फिल्ममा एक जोडीको प्रेमकथा छ, जो नजिक छन् र सधै झगडा गरिरहन्छन् । फिल्मको टूेलर तथा टिजरबाट यो फिल्म प्रेममा आधारित देख्न सकिन्छ । फिल्ममा सुशील श्रेष्ठ केन्द्रीय भूमिकामा छन् । उनलाई एक्सन भूमिकामा पनि धेरथोर देख्न सकिनेछ ।

प्रेम, रोमान्स र विछोडको कथा समेटिएको यो फिल्मको एक गीतमा प्रिन्सी र प्रिज्मालाई पनि देख्न सकिनेछ । पटक(पटक रिलिज मिति सारिएको यो फिल्म अब भने पक्का रिलिज हुन लागेको हो । फिल्मले सोलो रिलिजको मौका पाएको छ । यद्यपि चर्चाको हिसाबले खासै चर्चा फिल्मले बनाउन सकेको छैन ।

मधु बास्तोलाको कथा रहेको यो फिल्ममा सञ्जय लामाको छायांकन छ । यस्तै फिल्मलाई मिलन श्रेष्ठ र दीर्घ खड्काले सम्पादन गरेका हुन् । तर शुक्रवारदेखि नै हिन्दी फिल्म ‘लभ आजकल’ प्रदर्शनमा आउँदैछ । फिल्ममा कार्तिक आर्यन र सारा अली खानको अभिनय छ । रिलिजअघि फिल्मको राम्रो चर्चा छ । बलिउडमा चर्चा बटुलेको ‘लभ आजकाल’ को नेपालमा पनि चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्