विराटनगरको टर्मिनल बसपार्क ब्यवस्थित गर्न यस्ता नियम, उल्लंघन गरे कार्वाही

विराटनगरको टर्मिनल बसपार्क ब्यवस्थित गर्न यस्ता नियम, उल्लंघन गरे कार्वाही

विराटनगर । विराटनगर टर्मिनल बसपार्क ब्यवस्थापनका लागि समितिले बसपार्कलाई ब्यवस्थित गर्नको लागि नयाँ नियम लागु गरेको छ । बसपार्कलाई ब्यवस्थित गर्नको लागि बसपार्क ब्यवस्थापन समितिले कडाई गरेको हो । बसपार्क ब्यवस्थापन समितिले लगाएको नियम कार्यान्वनय गर्ने क्रममा सवारी धनी, बसपार्क भित्र संचालनमा रहेका होटल तथा बसका कर्मचारीले अटेर गरेपछि बसपार्कलाई ब्यवस्थित गर्न कडाईका साथ प्रस्तुत भएको बसपार्क ब्यवस्थापन समितिका अध्यक्ष पदम श्रेष्ठले जानकारी दिए । पटक-पटक जानकारी गराउँदा समेत नियम उल्लंघन गरेको पाईएपछि कार्वाहीको प्रक्रियामा जानु परेको बसपार्क ब्यवस्थापन समितिले जनाएको छ ।

अटेर गरे यस्तो कार्वाही
- गन्तब्यबाट फर्किएर आएका बस तथा माईक्रोबसहरु सफाई गर्ने क्रममा सवारी साधन भित्रबाट निस्किएको फोहोर जथाभाबी फाल्न पाईने छैन । यदी फालेको पाईएमा एक हजार जरिवाना गरिनेछ । फोहोर फाल्दा अनिवार्य रुपमा डष्टबिनको प्रयोग गर्नुपर्ने ।
- टर्मिनल बसपार्क भित्र बस तथा माईक्रोबस पार्किङ गर्दा चक्कामा ओट लगाउनको लागि ढुङ्गा तथा ईट्टाको टुक्रा प्रयोग गरेको पाईएकाले त्यसो गरेको पाईएमा ५ सय जरिवाना गरिनेछ । ओट लगाउँदा काठ तथा फलामबाट बनेको साधन प्रयोग गर्नुपर्ने ।
- टर्मिनल बसपार्क भित्र जहाँत्यहीँ कुनैपनि सवारी साधन धुन पाईने छैन । सम्बन्धित ठाउँ बाहेक जथाभाबी सवारी साधनहरु धोएको पाईएमा ५ सय जरिवाना गरिने ।
- टर्मिनल बसपाक भित्र आफ्ना सवारी साधनहरु मर्मत गर्न पाईने छैन । मर्मत गर्नुपर्ने भए ग्यारेजमा लागि मर्मत गर्र्नुपर्ने अन्यथा बसपार्क भित्र मर्मत गरेको भेटिए ५ सय जरिवाना गरिनेछ ।
- टर्मिनल बसपार्क भित्र दुईदिन भन्दा बढी आफ्ना सवारी साधन पर्किङमा राख्न पाईने छैन । यदी दुई दिन बढी पार्किङ गरेर राखिएको पाईएमा दैनिक ५ सयका दरले बसपार्क ब्यवस्थापन समितिले जरिवाना गर्नेछ ।
- टर्मिनबसपार्कको करचौकीभन्दा अगाडीको भागमा कुनैपनि सवारी साधनहरु रोकेर राख्न पाईने छैन । अन्यथा रोकेको पाईएमा ५ सय जरिवाना गरिनेछ ।
- टर्मिनल बसपार्क भित्र गुट्खा खैनी, चुरोट, कागज, प्लाष्टिक लगायतका फोहोर सामाग्री जथाभाबी फाल्न पाईने छैन । फालेको भेटिएमा दुई सय जरिवाना गरिनेछ । फोहोर फाल्नु परेमा बसापार्कका बिभिन्न ठाउँमा राखिएका डस्टबिन प्रयोग गर्नुपर्ने ।
- टर्मिनल बसपार्क भित्र प्रवेशद्धारलाई प्रबेश गर्नकालागि मात्र र बाहिर जाने द्धारबाट सवारी साधन निस्कनका लागि मात्र प्रयोग गर्नुपर्ने । अन्यथा नियम उल्लंघन गरे त्यस्ता सवारी साधनलाई ५ सय रुपैयाँ जरिवाना गरिनेछ ।
- टर्मिनल बसपार्कभित्र पार्किङ गर्ने सिटी तथा अटो रिक्ला बसपार्क ब्यवस्थापन समितिले तोकेको ठाउँमा मात्र पार्किङ गर्नुपर्ने । जथाभाबी पार्किङ गरेमा २ सय जरिवाना गरिनेछ ।
- टर्मिनबसपार्क वरिपरी रहेका होटल तथा लजहरुबाट निस्किएको फोहोर बसपार्क परिसरमा फाल्ने गरेको पाईएपछि त्यस्तो कार्य गर्नेलाई समेत कार्वाही गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्