प्रदेश सभामा विधेयक माथिको छलफलमा मन्त्री नबसेपछि कांग्रेसले गर्यो नियमापत्ती

प्रदेश सभामा विधेयक माथिको छलफलमा मन्त्री नबसेपछि कांग्रेसले गर्यो नियमापत्ती

विराटनगर । प्रदेश सभाको बैठकको शुन्य समयमा बोल्दै अधिकांश सांसदहरुले प्रदेशको निर्वाचन क्षेत्र र केही अतिरिक्त बिषयमा सदनमा आफ्नो धारणा राखेका छन् । केही जातीय विभेदका कुरा राखे भने केही सांसदले वातावरणीय प्रदुषण र यसले पारेको असरको बारेमा धारणा राखे ।

सुनसरीकी सांसद उमिता विश्वकर्माले पाँचथरको कुम्मायकको यासोकमा एक महिला माथि जातीय विभेद भएको बारेमा सदनलाई जानकारी गराउनुभयो । उहाँले दलित महिलालाई त्यही पालिकाका रमेश खड्काले प्रेम सम्बन्ध गरेर मन्दिरमा विवाह गरेको, बजारमा कोठा लिएर बसेको र परिवारको दवाव पछि रमेश भन्ने ब्यक्ति भागेको र परिवारको दवावमा त्यो महिलाको गर्भपतन गरेको जानकारी दिनुभयो ।

घरपरिवारको दवावका कारण रमेश खड्का अहिले फरार रहेका छन् भने महिलाको गर्भपतन गराईएको छ । उनी अहिले छट्पटाई रहेकी छिन् तर उनले अहिलेसम्म उपचार समेत पाउन नसकेको विश्वकर्माले बताउनुभयो ।दलित भएकै कारण गर्भपतन गराउने तथा जातीय विभेद गर्ने परिवारलाई महिला हिंसा र जातिय हिंसा बिरुद्धको कार्वाहीको माग गर्नुभयो ।

धनकुटाकी सांसद कुसुमकुमारी श्रेष्ठले ईटहरी र धरानको बिच जंगलमा फोहोर फाल्ने ठाउँको रुपमा प्रयोग गरिएको बिषयमा अहिलेसम्म कसैले चासो नदिएको बताउनुभयो । प्रदेशमै प्रतिनधित्व गर्ने सभामुख, उपसभामुख, प्रतिपक्षी दलका नेता, मन्त्री समेत सुनसरी जिल्लाकै भएपनि यस्ता प्रदुषण क्षेत्रको बारेमा किन ध्यान नगएको हो?, सांसद श्रेष्ठको प्रश्न छ ।

‘धरान र ईटहरीको फोहोर मैला ल्याएर जंगलमा आगो लगाउने गरिएको छ, श्रेष्ठले भन्नुभयो, यसले वातावरण प्रदुषणमा असर पारेको त छ नै, बाटो काट्नेलाई समस्या छ भने जंगली जनावरको अबस्था कस्तो होला ?’

सुनसरीको जंगलमा फालेर जलाईने फोहोरलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बारेमा नै जानकारी छैन भने धनकुटामा आएर हेर्न उहाँले चुनौती दिनुभयो । सांसद श्रेष्ठले बजेट बिनियोजन गर्दा प्रत्यक पालिकाले एक पालिका एक ल्याण्डफिल साईडको ब्यवस्थापन गर्न समेत माग गर्नुभयो । उहाँले प्रदेश सरकारलाई तत्काल बजेटको ब्यवस्थापन गरेर जंगलमा जलाईने फोहोरलाई ब्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

मोरङका प्रदेश सभा सदस्य चुमनारायण तवदारले कसैलाई खुसी पार्ने नाममा कसैलाई विस्थापित नगर्न आग्रह गर्नुभयो । विराटनगर ४ मा रहेको जिल्ला आयुर्बेद औषधालयलाई अन्यत्र सार्न खोजिएको भन्दै उहाँले अहिले भएकै भवनमा संचालन गर्नु पर्नेमा जोड दिनुभयो । ‘दैनिक ३५–४० जना उपचारको लागि आउने गरेका छन्, सांसद तवदारले भन्नुभयो, त्यसलाई त्यही ब्यवस्थापन गर्नुपर्छ, भाडाको घरमा लग्नु हुँदैन । सुनसरीकी सांसद ज्योती सुब्बाले दुहबी–ईनरुवा–कप्तानगंज सडकको मापदण्डमा प्रश्न गर्नुभयो ।

संखुवासभाका सांसद पुर्णप्रसाद राईले संखुवासभाको मकालु गाउँपालिकाको नुम र पाथिभराको ड्यामसाईड, चिचिला र मकालुको वडा नम्बर ६ को बिचमा अरुण थर्ड निर्माण संचालनमा छ । छ्याईकुटीदेखि पावर हाउससम्म जानको लागि १५ मिटर कायम भएर मुआब्जा समेत दिईएको थियो तर ३० मिटरको जग्गा सडकले लिएपछि अहिले १५ मिटरको मुआब्जा नपाएको उहाँले सदनको ध्यानाकर्षण गराउनुभयो ।

मुआब्जाको बिषयमा निर्णय नभएको र ढिलासुस्ती भएकोले स्थानीय आन्दोलनको तयारीमा रहेको समेत जानकारी गराउनुभयो । उहाँले तत्काल समस्याको समाधान गर्न माग गर्र्नुभयो । शुन्य समयमा विद्यानन्द चौधरी र सुयर्माराज राईले विकास निर्माण र समसामयीक राजनीति बिषयमा सदनको सदनमा ध्यानाकर्षण गराउनु भएको थियो ।

नेपाली कांग्रेसको नियमापत्ती

प्रदेश सभाको शुक्रवारको बैठकमा नेपाली कांग्रेसले नियमापत्ती जनाएको छ। प्रदेश सभा नियमावली २०७४ को नियम ९३ बमोजिम प्रदेश स्तरमा फर्म दर्ता नविकरण तथा तत् सम्बन्धी अन्य ब्यवस्था गर्न बनेको बिधेयक माथिको छलफलमा सांसदहरुले भाग लिँदै गर्दा सम्बन्धित मन्त्रालयको मन्त्री, राज्यमन्त्री वा सहायक मन्त्री कोही नभएको अबस्थामा छलफल हुन नसक्ने भन्दै  कांग्रेसले नियमापत्ती गरेको हो ।

[caption id="attachment_110843" align="alignnone" width="1024"] प्रदेश सभामा नियमापत्ती गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की ।[/caption]

यस विधेयकमा बोल्ने नेपाली कांग्रेसका सांसद प्रताप प्रकाश हाङ्गामले बोले लगत्तै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मन्त्री नभएको भन्दै नियमापत्ती  भएको हो । परिच्छेद ३ को छ मा कुनै खास बिषयमा छलफल हुँदा सम्बन्धित मन्त्री बस्नु पर्ने ब्यवस्था छ, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पेश भएको बिधेयकको बारेमा छलफल हुँदा मन्त्री र राज्यमन्त्री नहुँदा छलफलको औचित्य नभएको भन्दै नियमापत्ती गर्नु परेको सचेतक कार्कीले बताउनुभयो ।

एकैछिन अघिसम्म संसदमा बसेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैत छलफल छाडेर विराट एक्स्पोको उद्घाटनमा गएपछि कांग्रेसले नियमापत्ती जनाएको हो । ताहिर मियाँ अन्सारी बोल्न लागेको अबस्थामा नियमापत्ती गरेपछि सदन आईतवार दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्