प्रदेश सरकार स्थापना भएको दुई बर्ष पुरा

प्रदेश सरकार स्थापना भएको दुई बर्ष पुरा

विराटनगर । प्रदेश सरकार स्थापना भएको दुई बर्ष पुरा भएको छ । आज दोश्रो बार्षिक उत्सव मनाउँदै गर्दा प्रदेश सरकारले यो अबिधमा गरेको कामको समिक्षा गरेकोछ ।
प्रदेश सरकारले प्रसस्तै काम गर्न सक्ने भएपनि नगरेको अरोप भने लाग्दै आएको अबस्थामा सरकारले यो बिचमा गरेको कामको बारेमा जानकारी गराएको हो । प्रदेश सरकारको बार्षिक उत्सव कार्यक्रमको अबसरमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारले यस अबधिमा गरेका कार्य मुख्य उपलब्धी सार्बजनिक गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख प्यासीले आम जनतासँग गरेको प्रतिबद्धतालाई आधारलाई बनाएर कार्यक्रम तथा योजनाहरु ल्याएकोमा आफु सन्तुगट रहेको बताउनुभयो । हरेक योजना तथा कार्यक्रमलाई सुशासन र पारदर्शिता कायम राख्न सबै पक्ष लाग्न जरुरी रहेको प्रदेश प्रमुख अधिकारीले औल्याउनुभयो ।
धेरै चुनौतीका बिचमा प्रदेश सरकार शुरु भएको स्मरण गर्दै मुख्यमन्त्री शेरधन राईले दुई बर्षलाई महत्वपुर्ण आधार तय गर्ने अबसर बर्षको रुपमा प्रयोग गरेको बताउनु भयो । प्रदेश सरकार सही बाटोमा सकारात्मक उपलब्धीका साथ अघि बढेको र्राको दाबी छ ।
मुख्यमन्त्री राईले यो दुई बर्षको अबधिमा संघीयता र संबिधान कार्यान्वयन काम भएको, प्रदेश संरचना नयाँ भएकोले त्यसलाई स्थापित गर्ने लगायतमा समय खर्चिएकाृ स्पष्ट पार्नुभयो ।
‘प्रदेश संरचनालाई बलियो बनाउँदा मात्र संघीयता बलियो हुने भएकोले त्यसलार्ई बलियो बनाउने काम भयो, मुख्यमन्त्री राईले भन्नुभयो, यसैलाई स्थापित गर्नको लागि समय खर्चिएको हो ।’
जनताको अपेक्षा ७३० दिनमा पुरा गर्न सम्भव नभएको बताउँदै यस अबधिमा जनताको न्युनतम आबश्यकता भने पुरा गदै गएको जानकारी दिनुभयो ।
दुई बर्षमा ३९ वटा कानुन तर्जुमा गरी त्यसलाई कार्यान्वयनमा लैजानको लागि नियमावली, निर्देशिका, कार्यबिधि, मापदण्ड र गठनआदेशहरु ल्याएको बताउनुभयो ।
प्रदेशको राजधानी सर्बसहमतीको आधारमा तोकिएको छ, मुख्यमन्त्री राईले भन्नुभयो सहमती र सहकार्यको अनुपम नमुना प्रदेश १ सरकारले प्रस्तुत गरेकोले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिईने छ।’
प्रदेश सरकारले अन्तर बित ब्यवस्थापन तथा हस्तान्तरण र राजश्व संकलनमा सहमती समझदारी गरेको, प्रदेश समन्वय परिषदकोतीनवटा बैठक गरेर स्थानीय तह सँगको सम्बन्धलाई प्रभावकारी बनाएको राईको दाबी छ ।

प्रदेश सरकारको उपलब्धी
प्रथम आबधिक योजना निर्माण गरेको, मध्यम कालिन खर्च संरचना समेत लागु गरिएकोलाई उपलब्धीको रुपमा सरकारले लिएको छ । परियोजना बैंक तयार गरी २६ परियोजनालाई अगाडी बढाउने योजनाका साथ बैशाखमा लगानी सम्मेलन गर्ने योजना मुख्यमन्त्री राईले सुनाउनु भयो ।
प्रदेश योजना आयोग, लगानी बोर्ड, प्रदेश लोक सेवा आयोग गठन गरेको समेत उपलब्धीको रुपमा लिएको छ ।
यो दुइृ बर्ष आधार तय गर्ने बर्षको रुपमा मात्र नभएको र विकासको खाका आगाडि सारेको स्पष्ट गर्नुभयो । १० बर्षे सडक योजना बनाएको, प्रादेशिक सडक निर्माण भएको, पुर्बाधारतर्फ २७ किलोमिटर सडक कालोपत्रे, १२९ किलोमिटर सडक ग्राभेल, १५ वटा झोलुङ्गे पुल निर्माण, १० वटा मोटरेवल पुल निर्माणको कामहरु सम्पन्न भएको मूख्यमन्त्री राईले दाबी गर्नुभयो ।
प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा ६२ वटा बहुबर्षिय सडक निर्माण, ८७ वटा मुुख्यमन्त्री ग्रामिण सडक, १२६ मेटरेवल पुल र ११४ वटा झोलुङ्गे पुलहरु निर्माणको चरणमा रहेको मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।
कृषि योग्य जमिनमा सिचाई पुर्याउन १२९ वटा योजनाहरु सम्पन्न भएको, ६३१ वटा योजनाहरु निर्माणाधिन रहेको छ । खानेपानीका आयोजनाहरु ११० वटा सम्पन्न भएको र ९४९ वटा आयोजनाहरु निर्माणको चरणमा रहेको छन् ।
जनता आवास कार्यक्रम अन्तरगत १७१ वटा घरहरु निर्माण सम्पन्न भएको, मनमोहन प्राबिधिक विश्वबिद्यालयको स्थापना, १० लाख बढी घरहरुमा स्टीकर टाँस अभियान संचालन, परियोजना बैंकको स्थापना, मअघि बढ्छु , सगरमाथा टिन्स क्लबको अभियान, डिजिटल साक्षरता अभियान र अनलाई शिक्षा, बैज्ञानिक सम्मेलनसमेत सम्पन्न भएको मुख्यमन्त्री राईको दाबी छ ।
मिल्क होली डेको अन्त्य, कोशी रिफ्रेससमेन्ट सेन्टरको डिपिआर तयार भई निर्माणको चरणमा रहेको, मुख्यमन्त्री युवा उद्यमशिल कार्यक्रम कार्यान्वयनमा गएको, सोधखोज र अनुसन्धानकोलागि एक प्रादेशिक अनुसन्धान केन्द्र स्थापना गर्ने प्रकृया अगाडी बढाईएको मुख्यमन् त्री राईले जानकारी दिनुभयो ।
विश्व किर्तिमानीलाई समेत सम्मान गर्नुलाई प्रदेश सरकारले उपलब्धी मानेको छ । ९० बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान, साफ गेम, राष्ट्रिय खेलकुद प्रतियोगिता र महिला साफ प्रतियोगिताका बिजेता खेलाडीलाई सम्मान, छिन्ताङ घटनाका सहिदलाई राहत दिनेजस्ता कार्यक्रम समेत भएको स्पष्ट पार्नुभयो ।
जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम, प्रदेश १ लगानीको लागि अनुकुल रहेको बारेमा जानकारी दिन सफल भएको, पहिलो पटक १ अर्ब बैदेशिक अनुदान लिन प्रदेश १ सफल एको समेत उपलब्धीको रुपमा लिएको राईको दाबी छ ।
एक बर्ष अगाडी ५ प्रतिशत विकास खर्च रहेको देशमा अहिले त्यही समयमा २५ प्रतिशत बढी खर्च भईसकेकोले सबैभन्दा बढी पुँजीगत खर्च गर्ने प्रदेशको रुपमा पनि सफल भएको राईले बताउनु भयो ।
प्रदेश सरकारको भ्रष्टाचार बिरुद्धको अभियान र शुन्य सहनशिलताको नीतिलाई सबैले साथ दिएकोमा धन्यवाद दिनुभयो।
‘जनताको करबाट सेवासुबिधा लिएर जनतालाई दुख दिने काम कदापी प्रदेश सरकारलाई सह्य हुँदैन, मुख्यमन्त्री राईले भन्नुभयो, यदी जनतालाई दुःख दिएर पुरानो मान्यता र शैलीबाट काम हुन्छ भने प्रदेश सरकार कठोरताका साथ प्रस्तुत हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्