विराटनगरको सैनिक टोलमा भएको ‘मिनि मैराथुन दौड’ को उपाधी मुकेश र रानीलाई

विराटनगरको सैनिक टोलमा भएको ‘मिनि मैराथुन दौड’ को उपाधी मुकेश र रानीलाई

विराटनगर । विराटनगर सैनिक टोलमा रहेको सौगात बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा विराटनगरमा ‘मिनि मैराथुन दौड’ प्रतियोगितामा आयोजना भएको छ ।


विराटनगरमा शनिबार भएको उक्त प्रतियोगिताको उपाधि मिल्स माविकी रानी साह र बाल माविका मुकेश यादवले जितेका छन् । छात्रातर्फको मिनी मेराथुनको उपाधि रानी र छात्रतर्फ मुकेश घोषित भएका हुन् ।
सोही स्पर्धाको छात्रातर्फको द्धितीय बालमाविकी सविता यादव र तृतीय बिनायक बोर्डिङ्ग स्कूलकी पूर्णिमा श्रेष्ठ घोषित भइन् । प्रतियोगिताको चौथो र पाँचौ क्रमशः मनिषा साह र शुष्मा मण्डल घोषित भइन् ।
यस्तै छात्रतर्फको उक्त स्पर्धाको द्धितीय मनकामना स्कूलका विकी चौधरी, तृतीय गोदावरी बोर्डिङ्ग स्कूलका दिपेन विक भए । यस्तै चौथो अनुराग राउत र पाँचौ आशिष साह घोषित भए ।
सैनिक टोल समाज सेवा समिति विराटनगर १२ र १३ सह आयोजना गरेको उक्त प्रतियोगितामा विराटनगर महानगरपालिका एक दर्जन विद्यालयका विद्यार्थीहरूले भाग लिएको कार्यक्रम संयोजक विष्णु डंगोलले जानकारी दिए ।
विजेता हुने विद्यार्थीहरूलाई जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल, सौगात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष छत्रबहादुर तामाङ्ग, सैनिक टोल समाज सेवा समितिका अध्यक्ष अनुप कुमार श्याङ्गबो र कार्यक्रम संयोजक तथा प्याब्सन मोरङका सहसचिब विष्णु डंगोललगायले पुरस्कार वितरण गरेका थिए । गत वर्षदेखि सौगात सहकारीले बालवालिकाहरूमा भएको व्यक्तित्वको विकास गराउने उद्देश्यले प्रतियोगिता गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्