रंगेली प्रहरीद्धारा डेढ लाख बराबरको भारतिय चल्ला बरामद

रंगेली प्रहरीद्धारा डेढ लाख बराबरको भारतिय चल्ला बरामद

विराटनगर । मोरङको सुुनवर्षि नगरपालिका ९ स्थित डाईनिया चोक नजिकैबाट भारत बाट नेपाल भित्राउदै गरेको अबैध चल्ला प्रहरी बरामद गरेको छ ।
प्रहरीले डेढ लाख मुल्य बराबरकोे बोईलर कुखुराको चल्ला रहेको ३२ काटुन चल्ला बरामद गरेको हो । ईलाका प्रहरी कार्यलय रंगेलीको गस्ती टोलीले शुक्रबार राति १ बजे उक्त चल्ला बरामद गरेको प्रहरीले जनाएको छ ।
शनिबार स्थानीय ,बुद्धिजीवी बडा अध्यक्ष को रोहवर मा उक्त चल्ला नष्ट गरिएको र सो चल्ला को वजार मुल्य १ लाख ३० हजार बराबरको रहेको र भारतको पटनामा उत्पादन मेरी गोल्ड लेखिएको काटुन समेत फेला परेकोे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दाहाल बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्