विराटनगरको जेसीबालमा स्कुल विज्ञान प्रदर्शनी फोटो ( फिचर सहित)

विराटनगरको जेसीबालमा स्कुल विज्ञान प्रदर्शनी फोटो ( फिचर सहित)

विराटनगर । विराटनगर १३ मा रहेको जेसीबाल सदन स्कुलका विद्यार्थीहरुले बर्ष भरी पाठ्यक्रममा अध्ययन गरेका ज्ञानलाई व्यावहारीक रुपमा उतार्दै विज्ञान प्रदर्शनी गरेका छन् ।

कक्षा नर्सरीदेखी नै अध्ययनरत विद्यार्थीहरुले स्कुल प्राङ्गणामा विविध कार्यक्रममा आयोजना विज्ञान प्रर्दशनीको आयोजना गरेका छन् ।
विद्यार्थीहरुले विज्ञान विषय लगायत अन्य विषयमा अध्ययन गरेका ज्ञानलाई व्यावहारीक रुपमा उतारेका स्कुलका प्रिन्सीपल सुनिता भट्टराईले बताउनुभयो । स्कुल परिसरमा अभिभावक सहितको उपस्थितीमा आफ्ना नानीहरुले सहभागिता जनाएको विज्ञान प्रदर्शनीको अवलोकन गरेका थिए ।


स्कुलमा विद्यार्थी तथा शिक्षक शिक्षकाहरुले फुड स्टल, गेमिङको व्यावस्था गरिएको थियो । विद्यार्थीले फेस पेन्टिङ र गित समेत गाएर मनोरन्जन प्रदान गरेका थिए ।  फुड स्टलमा संकलन भएको रकम पढ्न मन भएर पनि आर्थिक रकमबाट बञ्चित भएका विद्यार्थीलाई सहयोग गरिने प्रिन्सीपल भट्टराईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्