विराटनगरको ग्रेडेड स्कुल २५ औँ वर्षमा प्रवेश, विविध कार्यक्रम (फोटो फिचर सहित)

विराटनगरको ग्रेडेड स्कुल २५ औँ वर्षमा प्रवेश, विविध कार्यक्रम (फोटो फिचर सहित)

विराटनगर । विराटनगर हाटखोलामा रहेको ग्रडेड बोर्डिङ २५ औं वर्षमा पुगेको अवसरमा विविध कार्यक्रमको आयोजना रजतजयन्ती मनाएको छ ।
विराटनगर स्थित वीरेन्द्र सभा गृहमा शनिबार भव्य कार्यक्रम बिच रजत महोत्सव मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथी मेयर भीम पराजुलीले केक काटेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । विद्यालयले २५ औँ बर्षमा प्रवेश गरेको अवसरमा स्कुलको स्मारिका समेत प्रकाशन गरेको छ ।कार्यक्रममा बोल्दै मेयर भीम पराजुलीले अबको शिक्षा प्रविधीमैत्री बनाउनु पर्ने बताउनुभयो । हरेक सामुदायिक तथा निजी विद्यालयले पाठ्यक्रममा प्राविधीक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

यसैगरी शिक्षा इकाई मोरङका प्रमुख दिर्घधोज चापगाईले गुणस्तरीय शिक्षा प्रदान गरि अभिभावकको मन जित्नुपर्ने बताउनुभयो । निजी विद्यालयहरूले अहिले अनिवार्य १० प्रतिशत छात्रवृतिमा विद्यार्थीहरू अध्यापन गराउनुपर्ने नियामवली बनेकोले जानकारी दिदै उहाँले यसको पूर्ण रूपमा पालना गरि अगाडी बढनुपर्ने उनले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय सचिब राजेशकुमार दास, वरिष्ठ अध्यक्ष टिकाराम ढकाल, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, उपाध्यक्ष सीतला सुब्बालगायतले प्रविधिको प्रयोग गरि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिए । उनीहरूले शिपसहितको जीवन उपमुखी शिक्षा प्रदान गरिनुपर्ने बताए ।
कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययरत विद्यार्थीहरूले विज्ञान प्रर्दशनीमा विभिन्न सामाग्रीहरू पनि राखेका थिए । उनीहरूले एक दर्जन स्टल प्रर्दशनीमा राखेको स्कूलका प्रिन्सिपल प्रेमलालसिंह सुवालले जानकारी दिए । यस्तै नर्सरीदेखि दश कक्षासम्म अध्ययरत विद्यार्थीहरूले नृत्य, गायन, साँस्कृतिक झल्किने फेशन शो देखाएर सहभागिहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्