इटहरीमा प्रणय दिवसको दिन मिस मार्टिना २०२० सम्पन्न, दिपालाई उपाधि

इटहरीमा प्रणय दिवसको दिन मिस मार्टिना २०२० सम्पन्न, दिपालाई उपाधि

इटहरी फाल्गुन ४ , इटहरीमा प्रणय दिवसको दिन मिस मार्टिना २०२० सम्पन्न भएको छ । मार्टिना मेकप स्टुडियो एण्ड ट्रेडिङ सेन्टरको आयोजनामा इम्पिरिएल ब्यङकुइटमा कार्यक्रम सम्पन्न भएको हो ।

मिस मार्टिना २०२० मा १३ जना प्रतियोगी सहभागी रहेकोमा दिपा क्षेत्रीले उपाधि मिस मार्टिना २०२० जित्न सफल भईन । त्यसै गरि फस्ट रनअप अनुसा शर्मा भईन भने सेकेन्ड रनअप अञ्जली बिशकर्मा बन्न सफल भइन । कार्यक्रममा  लाई ५ लाख बराबरको जीवन बिमा र अन्य आकर्षक उपहार हरु थियो ।

प्रथम बिजेताले सानिमा इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन बिमा, जानकी ट्याङ्की कम्पनीको तर्फबाट ५०० लिटरको एउटा ट्याङ्की उपहार, नगर रु ५०,००० , क्राउन र अन्य थुप्रै आकर्षण उपहारहरु रहेको थियो ।

महिलाको सक्रियतामा कार्यक्रम भएको छ । महिलाको क्षमता बिकास गर्नको निम्ति मिस मार्टिना २०२०आयोजना गरेको आयोजको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्