‘विराट एक्स्पो’मा पार्किङ गर्दा मनोमानी रकम अशुल, एउटा मोटरसाईकलको २० रुपैयाबाट ४०

‘विराट एक्स्पो’मा पार्किङ गर्दा मनोमानी रकम अशुल, एउटा मोटरसाईकलको २० रुपैयाबाट ४०

विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा अवलोकन गर्न आएका आगन्तुकहरुबाट पार्किङ शुल्क मनोमानी रुपमा रकम उठाएको भन्दै गुनासो गरेका छन् ।
गत फागुन एक गतेबाट विराटनगर २ स्थित शंकरपुर मार्गमा जारी ‘विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ हेर्न आएका व्यक्तिहरुबाट मनोमानी रुपमा पार्किङ शुल्क उठाएको भन्दै उनीहरुले अशन्तुष्ट व्याक्त गरेका छन् ।


विराट नर्सिङ होम पुर्व पटी खाली जमिनमा अहिले पार्किङको व्यावस्था गरिएको छ । मेला उद्घाटन भएको दिन एउटा मोटरसाईकलको २० रुपैया हुदै २५ , ३० गर्दै आईतबार सम्म ४० रुपैया पार्किङ शुल्क तोकिएको छ ।
त्यस्तै एउटा साईकलको २० कारको १०० , टेम्पो ६० र सिटी रिक्शा ५० रुपैया पार्किङ शुल्क तोकिएको छ । दैनिक एक हजार भन्दा बढी सवारी साधन पार्किङ हुने गरेका छन् ।
स्थानिय अनिल कामतको समुहले जग्गा धनीबाट पार्किङको लागी ठेक्का लिएका हुन् । स्थानिय युवाले जिम्मा लिएको पार्किङ शुल्कमा दैनिकी पार्किङ गरे वापतको शुल्क बढाएको कारण पार्किङ गर्न आएका व्यक्तीहरुले अशन्तुष्ट व्याक्त गरेका छन् ।
यता पार्किङको ठेक्का लिएका अनिल कामत भन्छन् १० – १० जना कर्मचारीलाई पाल्नु पर्ने र र जग्गा धनीलाई पनि ठेक्का वापतको रकम दिनुपर्ने भएका कारण पार्किङ शुल्क बढाएको बताए । उनी भन्छन् अझै आउदा दिनमा पार्किङ शुल्क बढ्न सक्ने दावी गर्छन् ।
९ दिन सम्म लाग्ने मेलाको प्रवेश शुल्क ५० रुपैया तोकिएको छ । यता मेला अगाडी नो पार्किङ लेखिएका स्थानमा भने सवारी साधन जथाभावी पार्किङ गरेका दृष्य पनि उति कै मात्रामा देखिन्छन् तर यसको अनुगनम भने कसैले गरेका छैन । अनि यसरी दिनका दिनका पार्किङको नाउमा मनोमानी रुपमा शुल्क उठाएने माथी पनि सम्बन्धीत निकायको ध्यान जानु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्