अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराजजोशीको विवाह फागुन १५ गते हुने पक्का

अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराजजोशीको विवाह फागुन १५ गते हुने पक्का

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजजोशीको विवाह यही फागुनको १५ गते हुने पक्का भएको छ ।

प्रियंकाले इन्स्टाग्राममा तस्वीर पोस्ट गर्दै मिति सार्वजनिक गरेकी हुन् । उनीहरु यति बेला विवाहको तयारीमा व्यस्त रहेको बताइएको छ। केही बर्षदेखि आयुष्मान र प्रियंका प्रेम सम्बन्धमा छन् ।

केही दिन अगाडि प्रियंका नजिकका साथीहरूसँग ब्याचलर पार्टी मनाउन थाइल्यान्ड गएकी थिइन् । ब्याचलर पार्टीपछि प्रियंकाले छिट्टै विवाह गर्ने चर्चा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्