अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एकदिवसीय वरियतामा नेपाल एक स्थान सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एकदिवसीय वरियतामा नेपाल एक स्थान सुधार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७ औं बाट १६ औं स्थानमा उक्लिएको छ । नेपालले घरेलु मैदानमा भएको विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ४ खेलमा २ जित निकालेको थियो ।

जसमा नेपालले अमेरिकालाई हरायो भने ओमानसँग दुवै खेलमा पराजित भएको थियो । नयाँ वरियतामा नेपालले १२ खेलमा २० रेटिङ अंक पाएको छ ।

नेपाल भन्दा तल नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्