विराटनगरका पत्रकार कमल पौडेललाई ब्लडक्यान्सर, सहयोग गर्न गोफन्डमीबाट सकिने

विराटनगरका पत्रकार कमल पौडेललाई ब्लडक्यान्सर, सहयोग गर्न गोफन्डमीबाट सकिने

विराटनगरको मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेल व्लड क्यान्सरबाट पीडित भएर उपचारको क्रममा रहेका छन् ।  विराटनगर चादनी चोक घर भएका पौडेल मकालु टेलिभिजन साथै विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पत्रकारिता पढाउर्दै आएका छन् । उनि विगत २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।

व्लड क्यान्सरको उपचारको लागि पौडेललाई सिभिल हस्पिटल मीनभवनमा भर्ना गरिएको छ । उहांको उपचारका लागि करिव ३० लाख रुपिंया लाग्ने अस्पतालले बताएको छ ।

करिब एक हप्ता बिमारी भएर विराटनगर मै अस्पतालमा उपचार गराउदा निको नाभाएपछी उनि काठमाडौं पुगेको अनि मात्रै उनलाई उक्त रोग लागेको थाहा पाएको उनि कार्यरत मकालु टेलिभिजनका कार्यकारी प्रमुख दिवस सुबेदीले जानकारी दिए । सुबेदीले उनको उपचारको लागि आवश्यक रकम सहयोग गर्न पनि आग्रह गरेका छन् । विराटनगरमा उनलाई सहयोग गर्न छलफल पनि भईरहेको उनले बताए ।

 

डिसी नेपाल डटकम, इनेप्लिज डटकम र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा संयुक्त रुपमा सहयोगको लागि गोफन्डमी खाता खोलिएको छ ।

पत्रकार पौडेललाई गोफन्डमीको यो लिंक   https://www.gofundme.com/f/help-journalist-kamal-poudel?  मा गएर सहयोग गर्न सवैलाई अपिल गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्