“विराट एक्स्पो” मा आएका हात्ती फर्किए ,भोकै भएपछी कोशी टापू फिर्ता

“विराट एक्स्पो” मा आएका हात्ती फर्किए ,भोकै भएपछी कोशी टापू फिर्ता

विराटनगरमा जारीरहेको "विराट एक्स्पो" मा कोशी टापुबाट ल्याइएका हाती फिर्ता गएका छन् । एक्स्पोको उदघाटनमा ल्याइएका हात्ती आइतबार फिर्ता गएको बताइएको छ । खाना पर्याप्त नपाएर उनीहरु फिर्ता गएको बताइएको छ । एक्स्पोमा हात्तीहरु दिनभर अवलोकनकर्ता संग रहेका थिए ।

यता ,  एक्स्पोमा हात्तीहरुलाई पर्याप्त खाना नभएको कारण फिर्ता नगएको उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताए । उनका अनुसार हात्तीहरुलाई उदघाटनको लागि मात्रै ल्याइएको थियो ।

उनीहरु लगभग ११ घण्टा हिडेर विराटनगर आएका थिए भने फर्कन पनि उत्तिकै समय लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्