मेलिना राईको प्रस्तुतीमा झुमे विराटनगरका दर्शक, आज कमल खत्रीको प्रस्तुती (फोटो फिचर सहित)

मेलिना राईको प्रस्तुतीमा झुमे विराटनगरका दर्शक, आज कमल खत्रीको प्रस्तुती (फोटो फिचर सहित)

विराटनगर । पछिल्लो समय युवामनको ढुकढुकी र सबैको रोजाई बन्न सफल चर्चित गायिका मेलीना राईले आईतबार विराट एक्स्पोमा आफ्नो प्रस्तुति दिएकी थिईन् ।


उद्योग संङ्ठन मोरङको आयोजनामा विराटनगरमा जारी विराट एक्स्पोमा मेलिना राईले सहभागी दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरीन् ।
गायिका राई एक्स्पोमा करिव ४५ मिनेटसम्म मेलामा सहभागिहरुलाई आफ्नो प्रस्तुतीमा तान्न सफल भइन् । विराटनगर लगायत अन्य स्थानबाट सहभागी भएका दर्शकको बाक्लो उपस्थिती रहेको थियो ।


मेलिना राईले आफ्ना चर्चित पुरानो तथा नयाँ गित गाएर उपस्थित खचाखच दर्शकलाई मनोरञ्चन दिएकी थिइन् । एक्स्पोमा राईले कुटुमा कुटु सुपाडी दाना, भइगो भइगो तिमिसँग माया,कसरी कसरीलगायतका गित गाएर मनोरञ्जन दिएकी थिइन् ।
एक्स्पोमा गएका ग्राहकहरूले दैनिक जसो राष्ट्रिय स्तरका कलाकारहरूबाट मनोरञ्जन लिदै आएका छन् । मेलामा आएका ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजक उद्योग संगठन मोरङले कलाकार ल्याएपछि अहिले दैनिक रुपमा राष्ट्रिय स्तरका कलाकारहरूबाट मनोञ्जन लिदै आएका हुन् । आज सोमबार गायक कमल खत्री लगायत स्थानिय कलाकारको प्रस्तुति रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्