प्रदेश लोकसेवा आयोग कार्यालय धनकुटामा राख्न सांसदको माग

प्रदेश लोकसेवा आयोग कार्यालय धनकुटामा राख्न सांसदको माग

विराटनगर । प्रदेश सभाको बैठकमा प्रदेश लोकसेवा आयोगको कार्यालयलाई धनकुटामा राख्नु पर्ने माग उठेको छ । प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै प्रदेश सभा सदस्य लिला सुब्बाले लोकसेवा आयोगको कार्यालय धनकुटामा राख्ने भनिएको भएपनि बिराटनगरमा राख्न खोजिएको भन्दै ध्यानाकर्षण गराउनुभयो । यस अघि प्रदेश सभा सदस्य रामचन्द्र लिम्बुले लोकसेवा आयोगको कार्यालय धनकुटामा नै स्थापना हुनु पर्ने माग गर्दै त्यहाको जनतालाई ढाट्ने काम नगर्न सरकारलाई आग्रह गर्नु भएको थियो ।
त्यस्तै धुनकुटामा स्थापना हुने भनिएको मेडिकल कलेज संचालनका लागि समेत नीति, कार्यक्रम र बजेट समेत आएको अबस्थामा त्यसको संभाब्यत अध्ययनको काम समेत नभएको सांसद सुब्बाले सरकारको ध्यानाकर्षण गराउनु भयो ।
सांसद विनादेबी राईले ईटहरी उपमहानगरपालिका वडाहरुमा ईटा भट्टाको लागि माटो उत्खनन् हुँदा खेतीयोग्य जमन अनुत्पादक हुन थालेको भन्दै तत्काल रोक्न प्रदेश सरकारसँग माग गर्नुभयो । उदयपुरकी सांसद सञ्जाकुमारी दनुवारले प्रदेश सरकारको दुई बर्ष बितिसक्दा पनि प्रदेशलाई नाम दिन नसकेकोमा असन्तुष्टी ब्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्