विराटनगर । तस्वीरमा देखिएको मार्मिक दृष्यले जो कोहीको मन भक्कानिएर आउछ । झट्ट हेर्दा यो नेपालको नभएर अन्य कुनै देशको जस्तो लागिएता पनि यो हाम्रै देश नेपाल मोरङ जिल्लाको हो । मोरङ जिल्लालाई सुगम जिल्लाको रुपमा मानिएता पनि मोरङ जिल्लाका कुनै स्थान यस्ता पनि छन् अहिले सम्म सवारी साधन त के विजुली बत्ती अनि खानेपानीको समेत पुग्न सकेको छैन ।
https://www.youtube.com/watch?v=mNy2nZ9AH7w
हो देखिएको तस्वीर पनि सुगम जिल्ला मानिएको मोरङ जिल्लाको दुर्गम गाँउपालीका रुपमा परिचित केराबारी गाँउपालीकाको फाङदुवा भन्ने गाँउको एक विकट वस्तीमा बस्दै आएका २ बालिका हुन् । तस्वीरमा देखीएको सानो नानी बोकेको बालिका ८ बर्षिया सोनिका राई र उनको ढाडमा बोकिएकी ६ बर्षिया बैनी आशिका हुन् ।
उनीहरु दुवै जना राम्ररी आँखा देख्न सक्दैनन् । आँखा मात्र हैन उनीहरुलाई राम्ररी बोल्न र हिड्न पनि समस्या हुने गरेको छ । उनीहरुको जन्मजात नै उत्त समस्या देखीएका थियो । तस्वीरमा देखिएको दुई नानी मात्र हैन उनीहरुको आमा र अन्य दिदिहरुमा पनि यही समस्या छ । सोनीका र आशिकाकी आमा ४५ बर्षिय मनमाया र १४ बर्षकी दिदि शशिकलाको पनि आखा नदेख्ने समस्या छ । मनमायाको श्रीमान्को एक बर्ष अगाडी नै विकट गाँउमा उपचार हुन नसकेर निमोनियाबाट निधन भयो ।
त्यसपछि मनमायाको परिवारमा झनै समस्या हुन थाल्यो । श्रीमानको पनि निधन पछि राम्ररी आँखा नदेख्ने छोरीहरुलाई पालन पोषण गर्न निकै हम्मे हम्मे नै पर्न थाल्यो । गाँउमा छरछिमेकले आलोपालो गर्दै दैनिकी रुपमा बिहान बेलुकी खाना टारदिने गर्दथे ।
उनीहरुको यसरी बर्षौदेखी चल्दै आएको दैनिकी एउटा तस्वीरले बदलिदिएको छ । त्यति मात्रा हैन उनीहरुले अब राम्ररी आखा पनि देख्न सक्ने भएका छन् । यसको पछाडी एउटै कारण हो जुन तस्वीरले एउटा मोड लियो । केही समय अगाडी सामाजिक संजालमा उक्त तस्वीर निकै भाईरल बन्यो । तस्वीर भाईरल बन्नुको पछाडी पनि एउटा कारण थियो ।
मोरङ जिल्लाको केराबारी गाँउपालिकाको वडा नं. २ मा गाँउपालिकाकी उपाध्यक्ष शान्ति लिम्बू भूजेलको टोली योजना अनुगमनका क्रममा जादा निस्कियो । फाङदुवा भन्ने गाँउमा पहिलो चोटी गाडी पुग्ने गरी ट्रयाक खोलिएको बाटोको अनुगमनमा निस्कदा ती कठोर बालिका माथी उनको आखा पुग्यो । आफ्नो हातमा भएको मोवाईलबाट ती बालिकाको तस्वीर खिचिन ।
एक बालिकाले अर्की काखे बालिकालाई पिठ्युमा बोकेको र अत्यन्तै जाडोको समयमा पनि शरीर ढाक्ने जती कपडा नभएको दृश्य देखेपछि उपाध्यक्ष लिम्बूको मन थाम्न सकेन र आफैले ओढेको (बर्को) ओढाइदिइन् । चिसोको समयमा बालिकाहरुसँग पुरा शरीर ढाक्ने लुगा थिएन । हात खुट्टा फुटेर अत्यन्तै दयनीय अवस्था थियो । शारीरिक रुपमा पनि अशक्त देखिन्थे । उनी त्यसपछी लेटाङ फर्किन ।
उनले लेटाङकी सामाजिक अभियान्ता शान्ति पाख्रिन लामालाई उक्त घटनाबारे जानकारी गराइन् । पार्खीनले ती बालिकाको फोटो आफ्नो सामाजिक संजालमा केही सहयोगका शब्द सहित फेसबुकको आफ्नो वालमा शेयर गरीन् । केही समय मै उक्त तस्वीर भाइरल भयो । तस्वीर विभिन्न अनलाइन पत्रपत्रिका देखि कयौंका फेसबुकका भित्तामा छाए । संहयोगका लागी फोन र म्यासेजहरु आइ नै रहे । “फोटो राखेपछि नसोचेकै प्रतिक्रिया आयो । सहयोगीहरु पनि अगाडी बढ्न थाले । आज त्यसको फल स्वरुप उनको घर सम्म पुगेर उनको घरमा खाद्यान्न लत्ता कपडा सहितको टोली फा«ङ्दुवा पुगेर सहयोग गरे । केराबारी गाँउपालिकाको व्यवस्थापनमा अभियानकर्मी, सहयोगी दाताहरुको सहयोगबाट ती बालिकाहरुका परीवार हर्षित बने । हर्षित मात्र हैन अबको उनीहरुको उपचार गर्ने कामको थालनी पनि सुरु हुन थाल्यो ।
हाल उक्त परीवारको लागी शान्ति पाख्रिन लामाको संयोजकत्वमा ५ सदस्यीय राहत संकलन समिति गठन समेत गरीएको छ । सुस्त मनस्थितीकी मनमाया शारीरिक रुपमा अशक्त तीन छोरीकी साथमा विकट गाँउ फाङ्दुवामा बस्दै आएका परिवारलाई अहिले लेटाङ मै शान्ति पार्खीनले आफ्नै घरमा सहरा दिएर राखेकी छिन् । मनमायाको परिवारको लालन पालन र औषधिउपाचारको लागी भनेर विभिन्न संघसंस्था, व्यवसायी, समाजसेवी र विभिन्न मुलुकमा रहेका नेपालीहरुबाट ठूलो सहयोग मिलेको पार्खिनले बताईन् ।
अहिले मनमाया सहित उनका ३ छोरीलाई शान्ति पार्खिनले विराटनगर रानीमा रहेको विराटनगर आखा अस्पातालमा उपचार गराईरहेकी छिन् । मनमाया र शशिकलाको आखाको उपचार भईसकेको छ । अहिले ८ बर्षिया सोनिकाको दुवै आखाको शल्यक्रिया गर्नको लागी शान्ती विराटनगरमा ४ दिनदेखी बसेकी छिन् । विराटनगर आखा अस्पतालकी नेत्र विशेषज्ञ दिवा लामिछानेको टोलीले सोनीको दुवै आखाको सफल सल्यक्रिया भईसकेको छ । यता अस्पताल प्रशासनले पनि ती परिवारको निशुल्क रुपमा उपचार गर्ने प्रतिवद्धता जनाएको छ ।