क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकर ‘लौरेस स्पोर्टिङ मोमेन्ट’ पुरस्कारबाट सम्मानित

<span class='c1'>क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकर</span> <span class='c2'>‘लौरेस स्पोर्टिङ मोमेन्ट’ पुरस्कारबाट सम्मानित</span>

एजेन्सी
काठमाडौं, फागुन ६ गते । क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकर ‘लौरेस स्पोर्टिङ मोमेन्ट’ पुरस्कारबाट सम्मानित हुनुभएको छ । उहाँलाई जर्मनीको बर्लिनमा आयोजित एक समारोहबीच उक्त पुरस्कार प्रदान गरिएको छ ।

सन् २०११ मा भारतले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको विश्वकप जितेपछि सचिन तेन्दुलकरलाई टोलीका सदस्यले आफ्नो काँधमा राखेर रङ्गशालामा परेड गराएका थिए । तेन्दुलकरलाई परेड गराइएको उक्त क्षणले पछिल्लो दुई दशकमा ‘खेलकूदले सर्वसाधारणलाई असाधारण रुपमा एकताबद्ध’ गरेको भन्दै उहाँलाई पुरस्कृत गरिएको हो ।

टेनिसका महान खेलाडी बोरिस बेकरले पुरस्कृत हुनेको नाम घोषणा गर्नुभएको थियो । उहाँलाई अष्ट्रेलियाली क्रिकेट टोलीका पूर्वकप्तान स्टिभ वाले ट्रफी हस्तान्तरण गर्नुभयो । पुरस्कृत भएपछि तेन्दुलकरले भन्नुभयो, “पुरस्कृत हुनु अविष्मरणीय क्षण भएको छ, विश्वकप जितेको क्षणलाई शब्दमा उल्लेख गर्न सकिन्न, असाधारण क्षण थोरै आउँछ, जहाँ समग्र देशले नै उत्सव मनाउँछन् ।”

खेलाडीको रुपमा विश्वकप २०११ सचिन तेन्दुलकरको छैठौं तर अन्तिम विश्वकप थियो । भारतीय क्रिकेट टोलीका कप्तान महिन्दर सिंह धोनीले श्रीलङ्काली बलर नुवान कुलासेकराको बलमा छक्का लगाउँदा करिब २७ वर्षपछि भारतले विश्वकप उचाल्ने अवसर प्राप्त गर्यो । तेन्दुलकरले उक्त ट्रफीलाई उचाल्ने सपना लिएर आफू २२ वर्ष अनव्रत रुपमा खेलेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्