विराटनगरमा जारी’विराट एक्स्पो’मा ३० हजार बढीको अवलोकन, ७ करोड बढीको कारोबार

<span class='c1'>विराटनगरमा जारी’विराट एक्स्पो’मा ३० हजार बढीको</span> <span class='c2'>अवलोकन, ७ करोड बढीको कारोबार</span>

विराटनगर । अद्यौगिक नगरी विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पोमा राखिएका मनोरञ्जनका साधनहरूले अवलोकनकर्तालाई धेरै आकर्षित पारेको छ ।

 


एक्स्पोमा राखिएको रोटे पिङ, मौतका कुवा लगायतका मनोरञ्जनका साधनले एक्स्पोमा आउनेलाई आकर्षित गरेको हो । एक्स्पोमा निश्चित मूल्यको सामान खरिद गर्दा लक्की ड्र कुपन तान्न पाइने भएकाले उपभोक्ता यस्ता वस्तुहरूको खरिद गर्न उत्साहित देखिएका छन् । यतिमात्रै हैन लक्की ड्र मार्फत उपहार पाउँदा उपभोक्ता निक्कै दंग पर्ने गरेका छन् । विराटनगर–३ की सुनिता सुवेदीले लुगाधुने साबुनको खरिदमा चिठ्ठा तान्दा जुस बनाउने मिक्सर उपहारमा पाउनुभयो । साबुन किन्दा जुस मेकर पाएकोमा आफू धेरै खुसी लागेको सुवेदीले बताउनुभयो ।
उपभोक्तालाई आकर्षित गर्न एक्स्पोमा चिठ्ठा र उपहारहरू राखिएका छन् । एक्स्पोमा रिङखेल, तिर खेल लगायतका खेलमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ । यस्तै अष्ट्रिच चरा पनि आगन्तुकहरूका लागि अकर्षणको केन्द्र बनेको छ । अष्ट्रिच चराको नजिक जाने, हेर्ने र सेल्फी खिच्न एक्स्पो आउनेहरू व्यस्त हुने गरेका छन् । एक्स्पोमा बालबलिकाका लागि निःशुल्क खेल्ने सामग्री पनि राखिएको छ ।
साथै एक्स्पोमा राष्ट्रिय र स्थानीय कलाकारहरूले दर्शकलाई पूर्ण रूपमा मनोरञ्जन दिँदै आएका छन् । बुधबार मोडल रोनाली अमात्यको विशेष प्रस्तुति हुनेछ । एक्स्पोका प्रचार संयोजक नन्दकिशोर राठीका अनुसार मंगलबार ३० हजार बढीले अवोलकन गर्नुका साथै ७ करोड बढीको कारोबार भएको जानकारी दिए ।
जुत्ता र कपडामा बजार भाउभन्दा छुट पाएकाले उभोक्ताको आकर्षण भएको हो । दैनिक कलाकारले साँगीतिक कार्यक्रम गर्दै आएका छन् ।
मेलाको अर्को आकर्षण हेलिकोप्टरबाट विराटनगर बजारको दृश्यावलोकन गर्ने धेरै रहेका थिए । होराइजन होलिडेले हेलिकोप्टरको व्यवस्थापन गरेको छ । उसले मेलाबाट पाथीभरा दर्शनको ५० हजार, हलेसी दर्शनको ४५ हजार र विराटनगर बजार दृश्यावलोनको ७ हजार ५ सय रुपैयाँमा सेवा प्रदान गर्दै आएको बताइएको छ । हेलिकोप्टरबाट सेवा लिनेको भीड रहेको बताइएको छ ।
नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला फागुन १० गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई २५ रुपैया“ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । ३ सय ४० वटा स्टल एक्स्पोमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्