प्रदेश १ सभामा मन्त्री बस्न छाडेपछि सांसदको आक्रोश, जवाफ कस्ले दिन्छ?

प्रदेश १ सभामा मन्त्री बस्न छाडेपछि सांसदको आक्रोश, जवाफ कस्ले दिन्छ?

विराटनगर । प्रदेश नं १ प्रदेश सभाको बैठकमा ससंघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद बिष्णु तुम्बाहाम्फेले प्रदेश राजधानी तोकिएको ११ महिना बितिसकेको अबस्थामा संरचनाको बारेमा सरकारले चासो नदिएको बताउनुभएको छ । बिराटनगरलाई राजधानी तोकिएको बैशाख २३ गते नै हो, तर अहिलेसम्म पनि त्यसको संरचना निर्माण गर्ने बारेमा ११ महिना पुरा भएको अबस्थामा पनि सरकारकोे चासो नगएको भन्दै ध्यानाकर्षण गराउनुभयो ।

‘प्रदेशको स्थायी राजधानी तोक्दा म सहित प्रदेश सभाका सांसदसँग दुई बुँदे सहमती भएको थियो, सांसद तुम्बाहाम्फेले भन्नुभयो, सुन्दरहरैँचा, ईटहरी र विराटनगर आसपासमा संरचना रहने भनेर तोकिएको हो अहिलेसम्म सरकारले अत्तोपत्तो छैन ।’ उहाँले संरचना निर्माणमा ढिला हुनुको कारणको बारेमा समेत सरकारसँग जवाफ माग गर्नु भएको छ ।

’हामी सदनमा बस्दा अब्यवस्थित रुपमा बसेका छौ, सांसदल तुम्बाहाम्फे भन्नुहुन्छ, ईटहरी र सुन्दर हरैँचा आसपासमा सदन र सरकारका संरचना तत्काल सारिनु पर्छ ।’ उहाँले तत्काल यसको बारेमा काम शुरु नभए सदनमा धर्ना दिने समेत चेतावनी दिनुभयो ।

उहाँले प्रदेश सभाको बैठकमा मन्त्रीहरु बस्न छाडेको गुनासो गर्दै सबै मन्त्री अनिवार्य उपस्थिती हुनु पर्ने बताउनु भयो । सांसद तुम्बाहाम्फेले प्रदेश सभामा एकजना राज्य मन्त्रीले मात्र संसदको आबश्यकता पुरा नहुने भन्दै सबै मन्त्रीहरु बस्नु पर्ने माग राख्नु भयो । मन्त्रीहरु सदनमा नबस्दा आफुहरुले बोलेको कुराको सही जवाफ नआउने गरेको समेत सांसद तुम्बाहाम्फेको आरोप छ ।

यस अघि पनि प्रदेश सभाको बैठकमा मन्त्रीहरु प्रदेश सभाको बैठकमा नबस्ने गरेको भन्दै प्रश्न गरेका थिए । सांसद लोक प्रसाद संग्रौलाले सदनहरु मन्त्री नहुँदा खाली खाली हुने गरकोले गुनासो गर्नु भएको थियो । सदन खाली हुनुको बारेमा समेत उहाँले सभामुखको ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रदेश सभाको शुक्रवारको बैठकमा प्रदेश स्तरमा फर्म दर्ता नविकरण तथा तत् सम्बन्धी अन्य ब्यवस्था गर्न बनेको बिधेयक माथिको छलफल हुँदैगर्दा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैत सदनबाट निस्किएपछि कांग्रसेले सदन नै बिधेयक माथिको छलफलमा नै सहभागी भएको थिएन ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले मन्त्री नभएको भन्दै नियमापत्ती जनाएनु भएको थियो । परिच्छेद ३ को छ मा कुनै खास बिषयमा छलफल हुँदा सम्बन्धित मन्त्री बस्नु पर्ने ब्यवस्था छ, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पेश भएको बिधेयकको बारेमा छलफल हुँदा मन्त्री र राज्य मन्त्री नहुँदा छलफलको औचित्य नभएको भन्दै नियमापत्ती गर्नु परेको सचेतक कार्कीले बताउनुभयो थियो ।

धरानमा बाँदर आतंक

मंगलवारको प्रदेश सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद साबित्री जोशीले धरानमा बाँदर आतंक नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । एउटा आतंकको बारेमा जानकारी गराउँद छु भन्दै शुन्य समयमा बोल्नु शुरु गर्नु भएका सांसद जोशीले धरानमा बाँदरको आतंकले मुख्यबाली धान, मकै र गहुँ, तथा फलफुल बालीमा समेत नष्ट पारेको जानकारी गराउनु भयो ।

धरान बजारललाई बाँदर आतंकबाट छुट्कारा दिलाउन आग्रह गर्दै यसले जनता आतंकित र त्राहिमाम भएको स्पष्ट पार्नु भयो । ‘धरान यस्तो ठाउँ हो जहा अहिले बजारमा बाँदर आतंकित छ, उहाँल भन्नुभयो, सरकाले बाँदर ब्यवस्थापन गर्र्न तत्काल ध्यान देओस् ।’

सांसद ज्ञानेश्वर राजबंशीले सडक शुसाशनको बिषयमा शुन्य समयमा जानकारी गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्