सुत्केरी र शिशुको मृत्युभएपछि रंगेली अस्पताल दिनभर तनावपूर्ण

सुत्केरी र शिशुको मृत्युभएपछि रंगेली अस्पताल दिनभर तनावपूर्ण

विराटनगर । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली अस्पताल तनावपुर्ण भएको छ । मृतकका आफन्तले मंगलबार दिनभर नै तनावग्रस्त बन्यो ।

सामान्य प्रसूतिमार्फत छोरा जन्माएकी रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र उनीबाट जन्मिएका नवजात शिशुको सोमबार मृत्यु भएपछि सुरु भएको आन्दोलनले उग्ररुप लिएको छ । रविनलाई सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । बिहान १० बजे सामान्य प्रसूति मार्फत उनले दोस्रो सन्तानका रुपमा छोरा जन्माइन ।
चिकित्सकको लापरबाहीले आमा र शिशुकै मृत्यु भएको भन्दै आफन्त र परिवारका सदस्यले अस्पताल बाहिर नाराबाजी र प्रदर्शन थालेपछि अवस्था तनावग्रस्त बनेको हो । उनीहरुले सुत्केरी र शिशुको शव बुझ्न अस्वीकार गरेका छन् ।

आन्दोलित बनेका आफन्तले मृत्युको वास्तविक कारण पत्ता लगाएर दोषी चिकित्सकमाथि कारबाही हुनु पर्ने र आगामी दिनमा यस्तो गल्ती दोहोरिन नहुने माग राखेका छन् ।
अस्पतालमा कुनै अप्रिय घटना हुन नदिन ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर सुरक्षा व्यस्था कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । नेपाल प्रहरीका डीएसपी मानबहादुर राई र इन्सपेक्टर लेखनाथ दाहाल नेत्रृत्वको अलगअलग टोली प्रदर्शनस्थलमा परिचालित रहेको उनको भनाइ छ ।
रविनाका दाजु प्रल्हाद सरदारले प्रसूति व्यथाले च्यापेर भर्ना गरिएको लामो समयसम्म चिकित्सकले वास्ता नगर्दा बहिनी र नवजात शिशु गुमाउनु परेको बताए । सुविधा सम्पन्न अस्पतालमा रेफर गरिदिनु भन्दा पनि नमानेको उनको भनाइ छ । रक्तश्राव नरोकिएर अवस्था गम्भीर बनेपछि बिहान ११ बजे मात्रै उपचार सम्भव भएन भनेर चिकित्सकले सुविधा सम्पन्न असपतालमा रेफर गरिदिएको प्रल्हादले बताए । उनकाअनुसार ढिलो गरेर रेफर गरिदिएपछि रविनालाई विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । कोशीमा पनि उपचार सम्भव नभएपछि नोबेल शिक्षण अस्पताल पु¥याइयो । नोबेल पु¥याएको केही बेरमै सुत्केरीलाई चिकित्सकले मृत घोषित गरेको प्रल्हादको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्