विराटनगरको मिलन रेष्टुरेण्टमा माटाको भाडामा पकाएको परिकार

विराटनगरको मिलन रेष्टुरेण्टमा माटाको भाडामा पकाएको परिकार

विराटनगर । विराटनगरमा एक पछि अर्को फरक – फरक शैलीका होटल तथा रेष्टुरेण्ट खुल्ने क्रममा जारी छ । यसैविच विराटनगर ६ स्थित भाटभटेनी छेउमा रहेको काठमान्डौ भृकुटी मण्डप सुपर मार्केट भित्र मिलन रेष्टुरेण्ट संचालनमा आएको हो ।

विराटनगरका होटल व्यवसायी निशान्त गुप्ताले ६ लाखको लगानीमा पश्चिमको खसीको मासुको परिकार विराटनगर भित्र्याएका हुन । रौतहटको कटहरिया बजारका छाप्रामा पारम्परिक तरिकाले पकाइने कटैया मासुको परिकार विराटनगरमा भित्राएका हुन् ।
माटाका भाडामा  पकाएको खसी र कुखुराको मासु रेस्टुरेन्टले उपलब्ध गराउने गरेको छ ।
सुरुका दिनमा कटैया मासुको बिशेषताबारे ग्राहकलाई बुझाउन समस्या भए पनि विस्तारै यसले राम्रो बजार लिने रेष्टुरेन्ट सञ्चालक गुप्ताले बताएका छन । रेस्टुरेन्टले शुरुआती समयमा ५ जनालाई रोजगारी प्रदान गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्