विराटनगरका घिमिरेको मृत्यु प्रकरण: विराटनगरका व्यवसायीसहित सातजना बिरुद्ध किटानी जाहेरी

विराटनगरका घिमिरेको मृत्यु प्रकरण: विराटनगरका व्यवसायीसहित सातजना बिरुद्ध किटानी जाहेरी

विराटनगरका लेखा परीक्षक प्रवल घिमिरेको शंकास्पद मृत्युमा अनुसन्धान गर्दै  ७ जना बिरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।

विराटनगर वडा नम्बर २ का घिमिरेको शव गत माघ ७ गते सिंघिया खोलामा डुबेको अवस्थामा फेला परेको थियो ।

७ जना बिरुद्ध प्रहरीमा किटानी जाहेरीमा माघ ६ गते राति घिमिरेको सम्पर्कमा रहेका ५ जना व्यवसायीसहित सातजना बिरुद्ध मृतकका बाबु कृष्णप्रसाद घिमिरेले जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन्  । किटानी जाहेरीमा व्यवसायीहरू नन्दकिशोर राठी, अरुण राठी, अनिलकुमार चाण्डक, विनय कर्ण, अशोक अटल तथा चालकद्वय पशुपति खड्का र चन्द्रबहादुर दर्जीबिरुद्ध जाहेरी गरिएको  छ ।

घटनाको प्रकृती

माघ ६ गते सोमबार बेलुका घरमै बसेका प्रवल घिमिरेलाई शनिहाटका नन्दुकिशोर राठीले फोन गरेर आफ्नो कम्पनीमा बोलाउँछन् ।
मृतक घिमिरे मोटरसाईकल लिएर राठीले संचालन गरेको गार्मेन्टमा पुग्छन् । मोटरसाईकल त्यही गार्मेटमा राखेर नन्दु राठीको गाडीमा विराटनगरको आमाज बेकरी क्याफे र भाटभटेनीमा सामान खरिद गरेर विराटनगर १० मा रहेको मुन होटलमा पुग्छन् । उनीसँग विराटनगरका अन्य व्यवसायी अरुण राठी, अशोक अटल, विनय कर्ण र उर्लाबारीका अनिल चाण्डकसँग भेट हुन्छ । उनीहरुको करिब १० बजेसम्म त्यहाँ खानपिनसँगै रमाईलोपनि हुन्छ । पुनः त्यही टोली विराटनगर जेनियल छेउमा रहेको लोटस गित गजलमा जान्छन् ।

तर लोटसमा भने नन्दकिशोर बसेनन् । घरबाट फोन आएका कारण उनी फर्किए । केही समय बसेपछि अरुण र अटल पनि निस्कीए । बारमा प्रवल र अनिल मात्र थिए । बारम्बार फोन आएपछि प्रवल पनि अनिलको गाडीमा लिफ्ट मागेर निस्कन्छन् । तर उनी विराटनगर २ बञ्जरा चोक रहेको घरमा पुगेनन् । अनिलले वडा प्रहरी कार्यालय विराटनगरको र एनआइसी एसिया बैंकको अगाडी राती १० : ३० तिर घिमिरेलाई त्यहीँ छाडिदिन्छन् । उनी आफ्नो ड्राईभरलाई लिएर उर्लाबारीतिर जान्छन् । त्यही मेन रोडमा छाडेका प्रवल घिमिरे भने भोली विहान सिँघिया खोलामा मृत अवस्थामा भेटिन्छन् । घटनाले यहीबाट धेरै आशंका उब्जाएको प्रहरी श्रोत बताउँछ । अत्याधिक मादक पद्धार्थ सेवन गरेका व्यक्ति त्यति टाढा कसरी पुगे भन्ने परिवारको प्रश्न छ ।

प्रवललाई भने घरका आफन्तले रातभर खोज्छन् तर कहीँ नभेटेपछि राती १ बजे नै जिल्ला प्रहरी कार्यालयमा हराएकोबारे सुचना दिन पुग्छन् । विहान ४ बजे सम्म पनि आफन्तले भेट्दैनन् । नभेटेपछि पुन आफन्त जिल्ला प्रहरी कार्यालयमा जान्छन् । उनीहरु त्यहाँ पुग्दा कतैबाट प्रहरीकहाँ खबर पुग्छ, फलानो हुलिया भएको मान्छे मृत अवस्थामा भेटिएको छ । नभन्दै घिमिरेको शव विराटनगर २ स्थित सिँघिया खोलाको किनारामा भेटिन्छ ।

विराटनगर २ सिघिया खोलामा भेटिएको शव हेर्दा कतै हत्या गरी फालिएको पो हो की भन्ने आशंका स्थानीयको छ । स्थानियबासी नरेश शर्मा यस्तो अबस्थामा शव भेटिनु हत्या भएको हुनसक्ने आशंका गर्छन् । यता मृतकका आमा बुबाले पनि छोरोको हत्या नै भएको दावी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्