विराटनगरमा आज रेडियो कान्तिपुरको आयोजनामा सांगीतिक कार्यक्रम हुने

विराटनगरमा आज रेडियो कान्तिपुरको आयोजनामा सांगीतिक कार्यक्रम हुने

विराटनगर फाल्गुन ७ ,

रेडियो कान्तिपुरको आयोजनामा आज विराटनगरमा "रेडियो अन विल्स" कार्यक्रम हुने भएको छ । विराटनगरको महेन्द्र चोकमा बुधबार (आज) बेलुकी ४ बजेबाट हुने उक्त कार्यक्रममा बिभिन्न कलाकारको सांगीतिक प्रस्तुति रहने छ ।

उक्त कार्यक्रममा गायक रामचन्द्र काफ्ले , जुनु रिजाल काफ्ले , मिना निरौला लगायतका कलाकारको उपस्तिथी रहने छ । नेपालका १५ शहरमा उक्त कार्यक्रम हुनेछ ।

कार्यक्रममा कुनै टिकट लाग्ने छैन साथै कार्यक्रममा उपस्तिथलाई बिभिन्न पुरस्कार समेतको व्यवस्था गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको मुख्य प्रायोजक सानिमा इन्सुरेन्स रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्