विराटनगरमा विश्वका १५० स्त्रीरोग विशेषज्ञ आउँदै,महिलाका बिभिन्न जटिल समस्याको शल्यक्रिया हुने

विराटनगरमा विश्वका १५० स्त्रीरोग विशेषज्ञ आउँदै,महिलाका बिभिन्न जटिल समस्याको शल्यक्रिया हुने

विराटनगर फाल्गुन ७ ।

विराटनगरमा ‘साउथ एसियन फेडरेशन अफ यूरोगाइनोक्लोजी’ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपालमै पहिलो पटक हुन लागेको सम्मेलनमा नेपालसहित विश्वका एक सय ५० जना बरिष्ठ स्त्री रोग विशेषज्ञ भेला हुने भएका छन् । विराट मेडिकल कलेज र प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको संगठित संस्था नेसोग पूर्व क्षेत्रीय शाखाको संयुक्त आह्वानमा दक्षिण एसियालीसहित विभिन्न मुलुकका बरिष्ठ स्त्री रोग विशेषज्ञ आउने भएका हुन् । विशेषज्ञहरुको उपस्थितिमा विराटनगरको मेडिकल कलेजमा यही फागुन ९ र १० गते अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको विराट नर्सिङ होमले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

सम्मेलनको उद्घाटन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमको विशिष्ट अतिथीमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायत रहने छन् । विराट मेडिकल कलेजका अध्यक्ष तथा बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमानसिंह कार्कीले विशेष गरेर महिलाहरुको तल्लो पेट, प्रजनन तथा पिसाबसँग सम्बन्धित अंगहरु र अविकसित अंगहरुको पुर्नसंरचनाको क्षेत्रमा काम गर्ने विशेषज्ञ चिकित्सक एकै ठाउँमा भेला हुने जानकारी दिनुभयो । यस क्षेत्रमा काम गर्ने चिकित्सकले प्रमाणका आधारमा वैज्ञानिक खोजमुलक अनुसन्धान तथा उपलब्धीका विषयमा प्रकाशन र आफ्नो अनुभव आदानप्रदान गर्ने उहाले बताउनुभयो । २० जना महिलाको जटिल खाले शल्यक्रिया निःशुल्क गर्ने योजना रहेको कार्कीले बताउनुभयो ।

उहाका अनुसार योनी गनाउने, पिसाब चुहिने, पिसाब बन्द हुने लगायतका महिलासँग सम्बन्धी विभिन्न खाले समस्याको जटिल खाले शल्यक्रिया हुनेछ । विश्वका स्त्री रोग विशेषज्ञले अहिलेसम्म दुई युवतीको योनी बनाउने र तीन जनाको पिसाब चुहिने समस्याको अन्त्यका लागि शल्यक्रिया गर्ने तय भएको उहाँको भनाइ छ । अन्तराष्ट्रिय सम्मेलनमा भारत, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायत, , अस्टे«लिया, सिंगापुर लगायत मुलुकका चिकित्सकको उपस्थित रहने जनाइएको छ । नेपालमा पहिलो पटक स्वास्थ्य क्षेत्रका अन्तर्राष्ट्रिय विशिष्ठ प्रतिनिधिको आगमनले चिकित्सा पर्यटनको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्