विराटनगर । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले मुलुकमा राजसंस्था फाल्न सके पनि पितृसत्ता अझै केही वर्ष रही रहने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज दिउँसो सञ्चारकर्मीसँगको कुराकानीमा नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले पितृसत्ताको जरो उखेलिन अझै केही वर्ष कुर्नुपर्ने बताउनु भएको हो ।
‘यो धेरै वर्षदेखी गडेर बसेको हो, म खुलेर भन्छु, हामी पितृसत्ता हटाउने स्थान सम्म पुगेकै रहेनछौ,’ उनले भनिन् ‘यसका लागि नेपालका हामी नेतृत्व मात्र नभई नागरिकमा चेतनाको विकास आवस्यक छ ।’ पितृसत्ता संस्थापक रुपमा विकास भएको उहाँको भनाई छ। यसको प्रभाव महिलामा मात्रै नभई पुरुष र सिंगो समाजमा परेको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।
न्याय क्षेत्रको सुधारका लागि मन्त्री तुम्बाहाम्फेले सामान्य नागरिकमा समेत न्यायको महसुस र न्यायालय सम्म सजिलै पुग्ने वातावरण बनाउने दाबी गर्नुभयो ।
उपसभामुखबाट सभामुख हुन नसकि पदबाट राजिनामा दिनुलाई पाटीले पदच्यूत गरेको भनेर बुभ्mन नहुने बताउनुभयो । उहाँले आफुलाई पार्टीले अन्याय गरेको महसुस नभएको बताउनुभयो ।