विराट एक्स्पोको पार्किङ शुल्क घट्यो ४० बाट पुन २० मा झर्यो तर समय हेरेर

<span class='c1'>विराट एक्स्पोको पार्किङ शुल्क घट्यो ४० बाट</span> <span class='c2'>पुन २० मा झर्यो तर समय हेरेर</span>

विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा अवलोकन गर्न आएका आगन्तुकहरुबाट मनोमानी रुपमा पार्किङ शुल्क उठाएपछि पुन शुल्क घटाइएको छ ।
आवर विराटनगरले यस अघि पार्किङ शुल्कको विषयमा मनोमानी ढङगबाट रकम असुलेको भन्दै भिडियो सहितको समाचार प्रशारण गरेको थियो ।
गत फागुन एक गतेबाट विराटनगर २ स्थित शंकरपुर मार्गमा जारी ‘विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्रा्ष्ट्रिय प्रदर्शनी’ हेर्न आएका व्यक्तिहरुबाट मनोमानी रुपमा पार्किङ शुल्क उठाएको भन्दै उनीहरुले अशन्तुष्ट व्याक्त गरेका थिए ।
चौतर्फी पार्किङ शुल्क बढी लिएको भन्दै आयोजकले समेत ध्यानकर्षण गर्दै पार्किङको ठेक्का लिएको समुहलाई शुल्क घटाउन आग्रह गरेको थियो ।
विराट नर्सिङ होम पुर्व पटी खाली जमिनमा अहिले पार्किङको व्यावस्था गरिएको छ । मेला उद्घघाटन भएको दिन एउटा मोटरसाईकलको २० रुपैया लिदै आएको थियो । तर त्यसको २ दिन पछि शुल्क बढाएर ४० रुपैया तोकिएको थियो । चौतर्फी दवावसँगै अहिले पार्किङ शुल्क पुन २० रुपैयामा झारिएको छ ।
स्थानिय अनिल कामतको समुहले जग्गा धनीबाट पार्किङको लागी ठेक्का लिएका छन् ।
समय हेरेर पार्किङ शुल्क
पार्किङ शुल्क ४० बाट पुन २० बनाइएको भएता पनि समय हेरेर पार्किङ शुल्क लिने गरेको छ । मेला घुम्न आएकाबाट समयको निर्धारण गर्दै पार्किङ शुल्क लिने गरेका छ । कुनै पनि मोटरसाईकल ३ घन्टा बढी राखेमा ४० रुपैया नै लिने गरेको छ । ३ घन्टा सम्मको मात्र २० रुपैया तोकिएको छ । आगन्तुकहरुको अझै पनि दिनभरको ४० रुपैया लिन नहुने भनेर गुनासो गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्