विराटनगरले जित्यो गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि

विराटनगरले जित्यो गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि

फागुन ८, इनरुवा ।

यहाँ सम्पन्न दोस्रो संस्करणको गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराटनगरले प्राप्त गरेको छ । इनरुवा नगरपालिका र प्रतिविम्ब नेपालको संयुक्त आयोजनामा बुधबार सम्पन्न सो प्रतियोगिताको फाइनल खेलमा बिन्दवासिनी फुटबलल क्लब विराटनगरले वीरगञ्ज युनाइटेड बारालाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै सो उपाधि हात पारेको हो ।

इनरुवा खेल मैदानमा टिमका लागि जीत दिलाउन बिन्दवासिनी फुटबल क्लबका खेलाडी सम्राटले निर्णायक गोल गरेका थिए । वीरगञ्ज युनाइटेड बारालाई पराजित गर्ने क्रममा अफ्रिकन मूलका खेलाडी सम्राटले दोस्रो हाफको २८ औँ मिनेटमा गोल गरेका थिए ।

निकै नै प्रतिष्पर्धात्मक खेलमा सम्राटले बाराका खेलाडी र किपरलाई डिबक्समा झुक्याउँदै हेडिङमार्फत गोल गरेका थिए ।  प्रतियोगिताको उपाधिसँगै विराटनगरले शिल्डसहित नगद रु दुई लाख र उपविजेतामा सीमित बाराले नगद रु एक लाख  प्राप्त गरेका थिए ।

विजेता टिम तथा खेलाडीलाई नगरप्रमुख राजन मेहता तथा उपप्रमुख जमुना गौतमसहितले पुरस्कार वितरण गरेका थिए। प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्