विराटनगर । विराटनगर राउन्ड टेवल १५ को आयोजनामा बालबालिकालाई विराटनगरमा जारी विराट एक्स्पोमा मनोरञ्जन गरिएको छ ।
मोरङको रंगेलीमा रहेको माहर्सी मा वि का विद्यार्थीहरुलाई उक्त संस्थाले विराट एक्स्पोमा ल्याएर विभिन्न खेल तथा मनोरञ्जनात्मक गतिविधिमा सामेल गराएको थियो । स्कुलका विद्यार्थीलाई उक्त संस्थाले विभिन्न गतिविधि गर्दै उनिहरुको व्यक्तित्व विकासका कार्यक्रम गर्दै आएको छ ।
