विराटनगरमा सुनका गहना चोरी गर्ने सुरक्षा गार्ड पक्राउ परे

<span class='c1'>विराटनगरमा सुनका गहना चोरी गर्ने</span> <span class='c2'>सुरक्षा गार्ड पक्राउ परे</span>

विराटनगर । सेक्युरिटी गार्डको काम गर्दै आएका एक सुरक्षागार्ड सुन चोरेको आरोपमा पक्राउ परेका छन् । विराटनगर–५ चाँदनी चोकस्थित रहेको राष्ट्रिय मानव अधिकार आयोग १ नं. प्रदेश कार्यालयको माथिल्लो तलामा बस्ने वसन्ती विष्ट जोशीको कोठाको दराजमा राखेको सुनका गरगहनाहरू चोरी गर्ने एक सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरेको हो ।

गत मंगलबार विराटनगर बसेर राष्ट्रिय मानव अधिकार आयोग १ नं. प्रदेश कार्यालयमा सुरक्षा गार्डको रूपमा कार्यरत ३३ वर्षीय शेरसिंह दर्लामी मगरले सुनका गरगहना चोरेका थिए । मंगलशुत्रसहितको प्याण्डल–१ थान, तिलहरी–१ थान, औँठी २ थान, बाला २ सेट, कानमा लगाउने झुम्का १ सेट समेत चोरी गरी लगेकोमा उक्त गहनामध्येबाट मंगलसुत्र, औँठी र तिलहरीसहित बिहीबार उनकै घरबाट पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता मान बहादुर राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्