विराटनगरबाट प्रकाशित हुने जनविद्रोह दैनिक अब कलरमा “हाम्रोमत दैनिक”

विराटनगरबाट प्रकाशित हुने जनविद्रोह दैनिक अब कलरमा “हाम्रोमत दैनिक”

बिराटनगर फाल्गुन ९ ।

उर्जा,जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुन (अन्नत) ले विद्युतको वैकल्पिक व्यवस्थाको लागि सरकारले आवश्यक निर्देशन जारी गरिसकेको बताउनुभएको छ । जनयुद्धकालमा जनबिद्रोह साप्ताहिक हुदै दैनिक र त्यसपछिको लामो समयपछि आज शुक्रबारबाट हाम्रोमत दैनिक नामक पत्रिका तथा हाम्रो जनमत डटकम नामक वेवसाईड मार्फत डिजिटल पत्रिकाको रुपमा सुरु भएको दिनलाई एक नं प्रदेशको राजधानी बिराटनगरमा सम्बोधन गर्नुहुदै यस्तो बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथीको रुपमा बोल्नुहुदै उहाले देशका बिभिन्न स्थानमा विद्युत् आपूर्तिमा आएको समस्याबारे आफूहरुलाई जानकारी प्राप्त भएको र लगत्तै वैकल्पिक प्रयास सुरु गरिएको पनि उल्लेख गर्नुभयो । नेपालमा बिद्युत क्षमता बढाउनेदेखी खरिद प्रक्रियाहरु समेतमा आफुुले आवश्यक निर्देशन र प्रक्रिया अघि बढाएको बताउनुभयो । एक अर्काे प्रसंगमा मन्त्री पुनले जनयुद्धको बिशिष्ठ अबस्थामा रही आएको तत्कालीन जनबिद्रोह तथा हालका जनमत दैनिकले आगामी दिनमा जनताको मन जित्दै जाने पनि शुभकामना ब्यक्त गर्नुभएको थियो । उहाले ७ दशक लामो उपलिब्धीलाई संस्थागत रुपमा भुमिका खेल्न पनि जनबिद्रोह रुपान्तरणको बाटो नया जनमतका साथ अधि बढेकोमा पं्रशंसा समेत गर्नुभयो । यो संगै जनमत दैनिक सामाचारको माध्यममा खरो उत्रिन तथा बोल्न नसक्ने जनताको आवाज बनेर बोल्न सकोस भनेर जनमत दैनिक सञ्चाक टिमलाई सुबेक्षा समेत प्रकट गर्नुभयो । सोही कार्यक्रममा प्रदेश नं एकका मुख्यामन्त्री शेरधन राईले आजबाटै नया प्रबिधि र प्रकृयाबाट सुरु भएको जनमत दैनिकको समाचारले जनताको मन जित्न सफल हुने बिश्वास ब्यक्त गर्नुभयो । राईले जनमत पत्रिका एक नं प्रदेश कै एक हुन पनि कामना गर्नुभयो । सोही कार्यक्रममा प्रमुख अतिथि उर्जामन्त्री बर्षमान पुन सहित बिगत लामो समयसम्म तत्कालीन जनबिद्रोह दैनिक तथा हालका जनमत दैनिकलाई आजको मितिसम्म दुख शुखका साथ प¥याउनुहुने अग्रज ब्यक्तित्वहरु र बिदाई भएर जाने कर्मचरीहरुलाई सम्मान समेत गरीएको थियो । जसमा शिब कुमार डागी,बिनोद घिमिरे,बिमल खनाल,गाणेश उप्रेती (शुशिल) तथा राजन केडी लगायत रहेका छन । उनीहरुलाई सम्मान पत्र तथा दोसल्ला र फुलमालाले सम्मान गरिएको हो । पुर्बैली जनसञ्ंचार सहकारी संस्था लिमिटेडका अध्यक्ष नवल प्र्रसाद उपाध्ययको अध्यक्षतामा सञ्चालिका कार्यक्रमा एक नं प्रदेशका उसभामुख सरस्वती पोखरेल (सारदा ) अर्थ मन्त्री ईन्द्र आङवो,सामाजिक बिकास मन्त्री जिवन घिमिरे,बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली,बिभिन्न राजनितिक दलका नेताहरु,समाजसेवी पत्रकार तथा बिशिष्ठ ब्यत्तित्वहरु सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्