विराटनगरमा कर्मचारी युनियनको खेलकुद महोत्सव सम्पन्न

<span class='c1'>विराटनगरमा कर्मचारी युनियनको</span> <span class='c2'>खेलकुद महोत्सव सम्पन्न</span>

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनद्वारा प्रजातन्त्र दिवसको अबसर पारी आयोजित ३ दिवसीय खेलकुद महोत्सव  समापन गरिएको छ । आधिकारीक ट्रेड युनियन ने.वि.प्रा.राष्ट्रिय कर्मचारी युनियन विराटनगर इकाइ समिति विराटनगरको आयोजना तथा नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र विराटनगरको प्रायोजनमा फागुन ७ गतेबाट सुरु उक्त प्रतियोगितामा विभिन्न विधाका खेलहरु समावेश गरिएको थियो ।

ती मध्ये ब्याडमिन्टन तर्फ सुरज काफ्ले र जयप्रकाश साहको जोडी प्रथम हुँदा क्यारामबोर्डतर्फ श्री प्रसाद धिमाल र विजय रायको जोडी प्रथम भयो । त्यसैगरी चेसमा टिकाराम भट्टराई प्रथम, बाघचालमा नगेन्द्र कुमार राई प्रथम, म्युजिकल चेयरमा गीता उपाध्यायले प्रथम स्थान हासिल गरेको आयोजक कमिटीका अध्यक्ष व्यासी शाहीले बताए ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा मोरङका जिल्ला कमिटी सदस्य सुर बहादुर श्रेष्ठले प्रमाण पत्र तथा मेडल प्रदान गरे । कार्यक्रममा बोल्दै विराटनगर वितरण केन्द्रका प्रमुख राजीव सिंहले यस्ता कार्यक्रमले कर्मचारी वर्गलाई मानसिक र शारीरिक राख्न मदत पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्