अष्ट्रेलियाको दक्षिण अफ्रीकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा फराकिलो जित

अष्ट्रेलियाको दक्षिण अफ्रीकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा फराकिलो जित

स्पिनर एस्टन एगरले पाँच विकेट लिएपछि अष्ट्रेलियाले घरेलु टोली दक्षिण अफ्रीकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले अफ्रिकालाई एक सय सात रनले हरायो ।

टस हारेपछि पहिलो ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९६ रन बनाएको थियो । एक सय ९७ रनको विलय लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १४.३ ओभरमा सवै विकेटको क्षतिमा केवल ८९ रनमा समेटिएको थियो ।

दक्षिण अफ्रिकाका लागि भने फाफ डु प्लेसिसले २४ रन बनाए । कागीसो रबाड़ाले २२ र ।  पिट भान बिजोनले १६ बनाए । अस्ट्रेलियाका एस्टन एगारले पाँच विकेट लिए । पाट कमिन्स र एडम जाम्पाले दुई दुई तथा मिचेल स्टार्कले एक विकेट लिए ।

यसअघि अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ४५ रन बनाए । कप्तान आरोन फिन्चले ४२, एलेक्स क्यारीले २७, एस्टन एगरले २०, मिचेल मार्शले १९ र म्याथ्यु वेडले १८ रन बनाए । दक्षिण अफ्रिकाका लागि स्टेन र शाम्सीले दुई दुई तथा एन्गीडी र फेल्हुक्वायोले एक एक विकेट लिए । दक्षिण अफ्रिकाका डेल स्टेन र तब्रैज साम्सीले दुई दुई विकेट लिए । जितसँगै अस्ट्रेलिया तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्