विराटनगरमा गायिका इन्दिर्रा जोशीले ‘छुनलाई होईन हेर्न चै पाईन्छ’ गाउदै तताईन माहोल

विराटनगरमा गायिका इन्दिर्रा जोशीले ‘छुनलाई होईन हेर्न चै पाईन्छ’ गाउदै तताईन माहोल

बिराटनगर,  फागुन १०  । ‘बेहुली’ बोलको गीत गाउँदै स्टेज प्रवेश गरेकी गायिका इन्दिरा जोशीले शुक्रबारसाँझ बिराटनगरको चिसो माहोललाई तताईन् । नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा जारी बिराट एक्स्पोमा आधा दर्जन गीत गाएकी जोशीले सवैमा दर्शकको राम्रो साथ पाईन् ।

‘बाँझो खेतमा छड्के सलाम छ माँयालाई पहिलो भेटमा..’ गीतबाट दर्शकलाई नचाउँन सुरु गरेकी उनले ‘चौबन्दी चोली अनि रातो घाँगर’ मा माहोल तताईन् । ‘छुनलाई होईन हेर्न चै पाईन्छ, आँखालाई सेक्न जति नि पाईन्छ, उध्रेको चोली छ है तैपनि लाईन्छ’ गीत गाउँदा दर्शक अझ बढी झुमे । स्टेजबाट जोशीले गाईरहदा प्रदर्शनीस्थलमा उनीसँगै स्वरमा स्वर मिलाउँदै दर्शकहरु नाच्न मस्त थिए ।

महाशिवरात्रीको साँझ प्रदर्शनी स्थलमा खचाखच रहेका दर्शकलाई ‘म त मर्छु की क्या हो ठूली’ ले नाच्न बाध्य बनायो । जोशीको यो गीतलाई पनि दर्शकले अत्याधिक रुचाए । उनले आधा दर्जन गीत गाएर स्टेजबाट विदा माग्दा दर्शकको भीडबाट ‘वान्स मोर’ आवाज गुञ्जिएपछि पुनः गाउन बाध्य भईन् ।शिवरात्रीको माहोल ‘क्याच’ गर्न उनले ‘ओम नम शिवाय हर हर’ गाउँदै दर्शकलाई पनि सँगै गाउँन लगाईन् । हजारौं दर्शक भेला भएको एक्स्पोमा जोशीको प्रस्तुतीले रौनकता प्रदान गरेको थियो । उद्योग संगठन मोरङको आयोजनामा गत शुक्रबारबाट सुरु भएको ९ दिने एक्स्पोमा हरेक दिन साँस्कृतिक कार्यक्रम हुँदै आएको छ । प्रदर्शनीलाई हालसम्म दुई लाख भन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्