विराट एक्स्पो : आज अन्तिम दिन , साँझ एक्स ब्याण्डको प्रस्तुति हुने                          

विराट एक्स्पो : आज अन्तिम दिन , साँझ एक्स ब्याण्डको प्रस्तुति हुने                          

बिराटनगर,  फागुन १०  । नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा बिराटनगरमा जारी कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (बिराट एक्स्पो)  को आज (शनिबार) अन्तिम दिन रहेको छ  । आज साँझ नेपालको चर्चित एक्स ब्याण्डले समेत प्रस्तुति दिने छ ।

‘आर्थिक विकासको मूल आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ नारासहित सञ्चालन भईरहेको प्रदर्शनीमा लक्ष्य अनरुप नै कारोवार भईरहेको आयोजक समिति संयोजक भोलेश्वर दुलाल बताउँछन् । ‘

करिव तीन लाख अवलोकनकर्ता भित्र्याएर एक अर्बको आर्थिक कारोवार गर्ने लक्ष्य राखेको आयोजकले लक्ष्य अनरुपनै कारोवार भईरहेको दावी गरेको छ ।

जुम्लाको स्याउ, मार्सि चामल, तेह्रथुमको ढाका, उदयपुरको खरायो, ईलामको अग्र्यानिक चिया, संखुवासभाको अल्लो लगायतले अवलोकनकर्तालाई आकर्षित गरेको छ । त्यस्तै विश्वकै सवैभन्दा ठूलो चरा अस्ट्रीच हेर्नेकोपनि घुँईचो लाग्ने गरेको छ । राष्ट्रिय कलाकारहरुको साथमा दैनिक भईरहेको साँस्कृतिक कार्यक्रमलाई पनि दर्शकले रुचाएका छन् । गायक प्रमोद खरेल, सुगम पोख्रेल, कमल खत्री, आस्था राउत, मेलिना राई, इन्दिरा जोशी लगायतले साँस्कृतिक कार्यक्रममार्फत दर्शकलाई मनोरञ्जन दिएका छन् ।

नौ दिनसम्म चल्ने प्रदर्शनीमा ४० बिदेशीसहित ३ सय ४० स्टल राखिएको छ । प्रदर्शनीको मुख्य प्रायोजन गरेको नोबेल शिक्षण अस्पतालले प्रदर्शनी स्थलमा निःशुल्क रक्तचाप परिक्षणको व्यवस्था पनि मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्