‘किड्स एण्ड टिन ग्लोवल नेपाल मोरङ’ का प्रतियोगिले देखाए विराटनगरमा आफ्नो प्रतिभा

‘किड्स एण्ड टिन ग्लोवल नेपाल मोरङ’ का प्रतियोगिले देखाए विराटनगरमा आफ्नो प्रतिभा

विराटनगर । ‘किड्स एण्ड टिन ग्लोबल नेपाल मोरङ’ को फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् ।
आउँदो फागुन २५ गते विराटनगरमा हुने उक्त प्रतियोगिताको फाइनलमा पुगेका ३२ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् ।
‘मिस ट्यालेन्ट’ शो अन्तर्गत प्रतियोगिले नृत्य, गायन, चित्रकला, कविता र अभिनय प्रस्तुत गरेका थिए ।
उत्कृष्ट हुने एक प्रतियोगिले फाइनलमा मिस ट्यालेन्ट एवार्ड प्राप्त गर्नेछन् । ट्यालेन्ट शोको निर्णायकहरूमा चलचित्र संघ प्रदेश १ का सहसंयोजक तथा निर्देशक केशव रायमाझी, मोरङ चलचित्र संघका अध्यक्ष निरज ब्ल्याक, मिस थारूकी सेकेण्ड रनरअप सोनम चौधरी रहेकी थिइन् ।


ड्रिम्स सर्च एजेन्सीको आयोजनामा विराटनगरमा भएको प्रतियोगितामा तीन समूह रहेको छ । ४ देखि ८ वर्ष उमेर समूहका ब्रिग्रीडस, ९ देखि १२ वर्षको किड्स र १३ देखि १९ वर्ष समूहका टिन गरि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक प्रवलदिप विश्वासले जानकारी दिए । तीन समूहबाट प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय घोषण गरिनेछ ।


प्रतियोगिताको बिजेताले नगद २५ हजार रुपैयाँको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् । बालवालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गर्नुको साथै उनीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कमल क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्