भव्य रुपमा सकियो विराट एक्स्पो १ अर्बको कारोबार, ३ लाख बढीले गरे अवलोकन

भव्य रुपमा सकियो विराट एक्स्पो १ अर्बको कारोबार, ३ लाख बढीले गरे अवलोकन

विराटनगर । विराटनगरमा भइरहेको विराट एक्स्पो शनिबारदेखि विधिवत् रुपमा सम्पन्न भएको छ ।
विराटनगर–२ स्थित शंकरपुरमा उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पो भव्यताका साथ शनिबारबारदेखि विधिवत् रुपमा सम्पन्न भएको छ ।

एक्स्पोे समापन समारोहका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अगामी वर्ष हुने एक्स्पोहरुका लागि आवश्यक स्थायी प्रदर्शनी स्थल निर्माण गर्न आफू लागी पर्ने बताए । विकासका कामका लागि यो वा त्यो कुनै पार्टी विशेषभन्दा पनि पहिलो महत्वपूर्ण कुरा विकासलाई दिनुपर्ने र त्यसको सहयोग सबै पक्षबाट हुन जरुरी रहेको बताए । स्थायी प्रदर्शनी स्थल निर्माण गर्न स्थानीय सरकार र सरोकारवाला पक्षले आवश्यक प्रवन्ध मिलाएर संघीय सरकार समक्ष योजना ल्याए त्यसको कार्यान्वयन आफूले गराउने बताए ।

त्यस्तैगरी कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने विगतका एक्स्पोभन्दा धेरै गुणाले स्तरीय तरिकाले भव्य रुपमा सम्पन्न भएको छ । विराटनगरमा उद्योगी व्यवसायीले यस्तो एक्स्पो गरी रहनु पर्ने बताए । महानगर विराटनगरमा अन्तर्राष्ट्रियस्तरको अद्यौगिक प्रदर्शन स्थल बनाउन तयार रहेको र त्यसका लागि दुई वर्षअघि नै ५० लाख रुपैयाँ छुट्याएको पराजुलीले बताए । उनले भने जग्गा महानगरले दिन तयार छ, त्यसका लागि संघीय सरकार र निजी क्षेत्र पनि अग्रसर हुनुपर्छ ।
त्यस्तै मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले भने प्रत्यक्ष रुपमा उपभोक्ता र उद्योगीबीचको सम्बन्ध जोड्ने पुलको काम एक्स्पोले गरेको छ । यस्तो मेलाले एक पक्षलाई मात्र फाइदा नभई सबै पक्षलाई फाइदा पुगको छ । मेलाट उद्योगी, व्यवासायीले अक्सिजन पाएको बताउँदै मुन्दडाले भने, वस्तु उत्पादन गरेर मात्र हुँदैन किनभने त्यसको पूर्ण रुपमा प्रचारप्रसार हुनु जरुरी छ । यस्तो मेलाबाट हामीले उत्पादन गरेका वस्तु प्रत्यक्ष रुपमा सर्वसाधारणलाई जानकारी दिन पाउँदा उद्योगी, व्यवसायीले अक्सिजन पाए जस्तो हो । लामो समयदेखि एउटै कुरा आइरहेको छ, त्यहाँ हो अन्तर्राष्ट्रियस्तरको स्थायी प्रदर्शनी स्थल निर्माणको हो । सबै तहका सरकार र निजी क्षेत्र मिलेर एउटा स्थायी प्रदर्शनी स्थल बनाउ अन्त्यन्त जरुरी भएको यस मेलाले देखाएको छ ।
विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले उत्साहजनक सहभागिताका कारण आगामी वर्ष एक्स्पो गर्न थप बल पुगको बताए । एक्स्पोका माध्यमबाट साना घरेलु, कृषि वनजन्य, मझौला, ठूला उद्योगलाई आफ्नो उत्पादन प्रवद्र्धन एवम् व्यावसायिक सम्बन्ध विकासमा सहयोग पुगेको बताए । आर्थिक विकास र अर्थतन्त्रको बलियो माध्यम कृषि तथा औद्योगिक विकास भएकाले यस्तो उद्योगको उत्पादनले स्वदेशमै बजार नपाइरहेको अवस्थामा यस्तो एक्स्पोल ठूलो मद्दत पुग्ने दुलालले बताए । कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धन, औद्योगिक क्षेत्रको सूचना, उत्पादनबारे जानकारी दिइएको बताए । फागुन २ देखि १० गतेसम्म भएको एक्स्पोमा ३४० वटा स्टल रहेको थियो । एक्स्पोमा प्रदेश १ का साथै छिमेकी मुलुकबाटसमेत गरी अपेक्षाकृत ३ लाख ५० हजारले अवलोकन गरेका छन् भने १ अर्बभन्दा बढीको कारोबार भएको दुलालले बताए ।
एक्स्पोको समापन समारोहमा एक्स्पोमा विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्तिलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्