कसैको ज्यान जोगाउन ‘विराट एक्स्पो’ बाहिर नेपाली युवा पानीपुरी बेच्दै

कसैको ज्यान जोगाउन  ‘विराट एक्स्पो’ बाहिर नेपाली युवा पानीपुरी बेच्दै

प्रेम देवान

विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा ठूला तथा साना व्यापारीहरु आ आफ्नै धुनमा व्यापार गरिरहेका भेटिन्थ्ये ।
ठूला औद्योगिक घरानाका व्यापारीहरु एक्स्पो भित्रका स्टलमा बसेका हुन्थे भने कोही साना व्यापारीहरु एक्स्पो बाहिर पसल थापेर बसेका हुन्थे । त्यही क्रममा एक्स्पो बाहिर केही विराटनगरका युवाहरुको पनि जमात देखिन्थ्यो ।
त्यही जमातभित्र विराटनगरका सामाजिक अभियान्ताहरु भने टेवल राखेर पानी पुरी र चटपटे बेच्दै गरेका देखिन्थे । यो उनीहरुको कुनै रहर भने थिएन । उनीहरुले बेच्दै आएको पानी पुरीको रकमबाट कोही व्यक्तिको ज्यान जोगाउनका लागी परेका थिए । उनीहरुको छेउछाउका व्यक्तिहरुको दैनिक रुपमा व्यावसाय गर्ने किसिमले लागेका थिए भने ती युवाहरु भने कसैको ज्यान जोगाउन चटपटे बेचिरहेका हुन्थे ।
मोरङको रंगेलीका २२ वर्षिय नविण गिरीको दुबै मृगौला फेल भएका कारण उनीहरुले वाध्यता भएर चटपटे र पानी पुरी बेच्न बसेका थिए ।
गिरीको परिवारीक अवस्था आर्थिक रुपमा कमजोर भएका कारण उपचार गराउने रकम नभएपछि उनले हारगुहार मागेका छन् । त्यही क्रममा विराटनगरमा रहेको परिवर्तनका लागि हातेमालोको युवा अभियान्ताहरुले केही रकम उठ्छ की भनेर चटपटे र पानी पुरी बेचेर पैसा जम्मा गरीरहेका छन् ।
दुबै मृगौला फेल भएका नविण हाल उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा थलिएका छन् । उनको उपचारमा झण्डै २० देखि २२ लाख सम्म खर्च हुने सामाजिक अभियन्ता सरोज कोईरालाले जानकारी दिए । उनले चटपटे र पानीपुरी बेचेर उनको उपचारमा केही राहत मिल्ने विश्वास लिएका छन् ।
नविणको ज्यान जोगाउन बचाउन विराटनगरको समाजिक संस्था परिवर्तनका लागि हातेमालोका सरोज कोईराला र विनोद चाहर लगायतले चटपटे र पानीपुरी बेचेर रकम संकलन गर्न तर्पm लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्