बार्सिलोना शिर्ष स्थानमा, मेस्सी एक्लैले गरे चार गोल

बार्सिलोना शिर्ष स्थानमा, मेस्सी एक्लैले गरे चार गोल

एजेन्सी । स्पेनिल लिग फुटबल ‘ला–लिगा’मा साविक विजेता बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।गएराती भएको खेलमा आईबारलाई ५–० ले हराउँदै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा बार्सालाई विजयी गराउन लियोनल मेस्सीले ह्याट्रिकसहित चार गोल गर्दा अर्थरले एक गोल थपे ।जितसँगै बार्सिलोनाले २५ खेलबाट ५५ अंक जोडेको छ । दोस्रो स्थानमा झरेको रियाल मड्रिडको ५३ अंक छ ।

गएरातीको खेलमा रियाल मड्रिडलाई लेभान्तेले १–० ले हरायो । ला लिगाका अन्य खेलहरुमा सेल्टा भिगोले गेटाफेलाई १–० ले हराउँदा रियाल सोसिडाडले भ्यालेन्सीयालाई ३–० ले हरायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्