विराटनगरको नोबेल अस्पतालका सञ्चालक शर्माद्वारा कालिकोटमा एम्बुलेन्स प्रदान

विराटनगरको नोबेल अस्पतालका सञ्चालक शर्माद्वारा कालिकोटमा एम्बुलेन्स प्रदान

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कर्णाली प्रदेशको विकट जिल्ला कालिकोटमा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । समाजसेवामा सक्रिय डा.शर्माले दुर्गमका बिरामीलाई सहजताका लागि पश्चिम नेपालको विकट जिल्लामा पुगेर निःशुल्क एम्बुलेन्स प्रदान गरेका हुन् ।

कालिकोट सदरमुकाम मान्ममा आयोजित कार्यक्रममा स्थानीय पृथ्वी रक्तदान तथा बिर फाउण्डेशनलाई एम्बुलेन्स प्रदान गरिएको हो । कार्यक्रमलाई संबोधन गर्दै डा.शर्माले डोकोमा बोकेर बिरामीलाई अस्पताल लैजाने कालिकोटबासीको पीडादायी अवस्था देखेर एम्बुलेन्स प्रदान गरेको प्रतिक्रिया दिए ।

तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले यसका लागि समन्वय गरेको जनाइएको छ ।

कालिकोटमा ६ करोडको सहयोग घोषणा

डा.शर्माले कालिकोटबासीलाई करोडौंको लाभ मिल्ने घोषणा पनि गरेका छन् । एम्बुलेन्स हस्तान्तरण कार्यक्रमकै क्रममा डा.शर्माले आगामी शैक्षिक सत्रमा कालिकोटका दुई जनालाई बीडीएस र पाँच जनालाई पारामेडिकल गरी ७ जनालाई निःशुल्क पढाउने घोषणा गरेका छन् । डा.शर्माको घोषणा अनुसार ७ जनालाई पढाउँदा करिव ६० लाख खर्च लाग्छ ।

त्यस्तै एक सय जना बिरामीको गम्भीर प्रकृतिका अप्रेशन निःशुल्क गर्ने घोषणा गरे । यो अप्रेशनबापत झण्डै पाँच करोड खर्च हुन्छ । उनले आफु पढेको पंचदेवल माध्यमिक बिद्यालयका विपन्न बिद्यार्थीलाई छात्रबृत्तिका लागि एक लाखको अक्षयकोष पनि स्थापना गरेका छन् । कालिकोटमा स्वास्थ्य उपचार र शिक्षाका लागि डा.शर्माले झण्डै ६ करोड बरावरको सहयोग गर्ने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्