विराटनगरलाई अपाङ्ग मैत्री बनाउन माग गर्दै ह्विलचेयर दौड प्रतियोगिता

विराटनगरलाई अपाङ्ग मैत्री बनाउन माग गर्दै ह्विलचेयर दौड प्रतियोगिता

विराटनगरलाई अपाङ्ग मैत्री बनाउन माग गर्दै ह्विलचेयर दौड प्रतियोगिता आयोजना गरिएको छ । फिजियोथेरापी गराउने चिकित्सक र विभिन्न संघ संस्थाको सहयोगमा आयोजना गरिएको सो ह्विलचेयर दौड प्रतियोगितामा मोरङका २० जना ह्विलचेयर चलाउने अपाङ्गगहरुको सहभागिता रहेको थियो ।

विराटनगरका भौतिक संरचनालाई अपाङ्ग मैत्री बनाउन तथा ह्विलचेयरमा यात्रा गर्नेहरुको समस्या र पीडालाई प्रदर्शित गर्न ह्विलचेयर दौड प्रतियोगिता आयोजना गरिएको आयोजक सर्भा फिजियोथेरापी एण्ड वेलनेस विराटनगरले जनाएको छ ।विराटनगरको शहीद मैदानमा आयोजना गरिएको सो दौड अनिल कुमार साहले जितेका छन् । उनले ५ हजार नगद प्राप्त गरेका छन् ।

यसैगरी विसोध साह दोश्रो र होमप्रसाद पराजुली तेश्रो भएका छन् । उनीहरुले नगद ३ हजार र २ हजार नगद प्राप्त गरेका छन् ।

साभार : न्युज २४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्