१००० औं खेलमा रोनाल्डोको कीर्तिमानी प्रदर्शन

१००० औं खेलमा रोनाल्डोको कीर्तिमानी प्रदर्शन

एजेन्सी
काठमाडौं, फागुन ११ गते । पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोल सहयोगमा युभेन्ट्सले इटाली सेरी ए मा स्पालमाथि जित हात पारेको छ । युभेन्ट्सले स्पाललाई उसको घरेलु मैदानमा २–१ ले हराएको हो ।

आफ्नो फुटबल जिवनको १००० औं खेलमा सहभागी हुनुभएका रोनाल्डोले खेलको ३९ औं मिनेटमा गोल गर्नुहुँदै युभेन्ट्सलाई १–० को अग्रता दिलाउनुभयो । स्पैनिस ला लिगामा अर्का स्टार खेलाडी लिओनल मेस्सीले चार गोल गरेको खबर आइरहँदा रोनाल्डोले आफ्नो फुटबल जिवनको १००० औं खेललाई स्मरणीय बनाउनुभयो । बार्सिलोनाले एबरमाथि ५–० को जित हात पार्दा मेस्सीले हयाट्रिकसहित लगातार चार गोल गर्नुभयो ।

३५ वर्षीय रोनाल्डोले जुआन कोड्राडोको क्रसलाई गोलमा परिणत गर्नुभयो । गोलसँगै उहाँले ग्रब्रिएल बटिस्टुटा र फाबियो क्वाग्लीएरेल्लाको सेरी ए मा सबैभन्दा बढी ११ गोल गर्ने कीर्तिमानको बराबरी गर्नुभयो ।
आरन राम्सेले ६० औं मिनेटमा गोल थप्नुहुँदै अग्रता २–० पार्नुभयो । खेलको ६९ औं मिनेटमा पेटाग्नाले स्पालका लागि गोल गर्नुभएपनि हार टार्न सक्नुभएन । जितसँगै युभेन्ट्सले २५ खेलबाट सेरी ए को अङ्कतालिकामा दोस्रो स्थानको लाजिओभन्दा चार अङ्कको अग्रता कायम गरेको छ । लाजिओ भने २४ खेल मात्रै खेलेको छ । आफ्नो ३६ खेलमा ३६ गोल गर्नुभएका रोनाल्डोले मार्च एक मा इन्टर मिलान विरुद्धको खेलमा गोल थपेर सेरी ए मा लगातार गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाउन सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्