विराटनगरमा पहिलोपटक अरेवियन स्वाद र विधिले बनेको “चिकेन सावरमा”

<span class='c1'>विराटनगरमा पहिलोपटक अरेवियन स्वाद र</span> <span class='c2'>विधिले बनेको “चिकेन सावरमा”</span>

विराटनगर फाल्गुन ११ ,

विराटनगरमा पहिलोपटक अरेवियन स्वाद र तरिकाले बनेको चिकन रोल भर्खरै सम्पन्न विराट एक्स्पोमा निकै लोकप्रिय रहयो ।  कुखुराको मासुबाट बनेको उक्त परिकार उपभोक्ताको विशेष आकर्षणमा परेको थियो ।  "चिकेन सावरमा" मा उपभोक्ताको अत्याधिक आकर्षणले गर्दा पारिजात फुडका संचालक विराटनगरका पर्शुराम गिरी उत्साहित बनेका छन् ।

उनले विराटनगरमा अरवियन खाजा घर खोल्ने सोचमा रहेको पनि बताए । उनले दुवईको अमेरिकन नेमि क्याममा १२ बर्ष काम गरेर आएको अनुभवले विराटनगरमा रेस्टुरेन्ट संचालन गर्ने भएका छन् । काठमाडौं र पोखरामा मात्रै पाइने उक्त चिकेन रोल विराटनगरका बासिन्दाको लागि नयाँ स्वाद हुने उनको भनाइ छ ।

रेस्टुरेन्टमा चिकेन सावरमाका साथै काउली चनाबाट बनेको हमुस, काउली चनाबाटै बनेको फिलाफिल लगायत अरवियन खार्जा बनाउँने गिरीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्