विराटनगरका पत्रकार कमल पौडेलको उपचार लागि सहयोग जुट्दै

विराटनगरका पत्रकार कमल पौडेलको उपचार लागि सहयोग जुट्दै

विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश १ समिति र मोरङ शाखाको संयुक्त प्रयासमा खोलिएको ‘पत्रकार कमल पौडेल उपचार कोष’ मा रकम जम्मा हुन थालेको छ । पत्रकार महासंघ प्रदेश समितिले २५ हजार रुपैयाँ खातामा जम्मा गरेको छ । त्यस्तैगरि नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष शम्भू भण्डारीले २ हजार ५ सय, बेलबारीकी कन्चन कुलुङ्गले ५ हजार, विराटनगरका कृष्ण भण्डारीले ५ हजार १ सय र मणिराम दाहालले २ हजार रुपैयाँ जम्मा गरेका छन् ।

झण्डै तीन दशकदेखि पत्रकारातीमा संलग्न पौडेल ब्लड क्यान्सरबाट पीडित भइ काठमाण्डौंमा उपचार गरिरहनुभएको छ । पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष विक्रम लुईटेलले संघसंस्था र पत्रकार सदस्यहरूलाई स्वइच्छिक रूपमा सहयोग गर्न आव्हान गर्नुभएको छ । विराटनगरस्थित ट्राफिक चौकमा रहेको प्राइम बैंकको शाखा ०३४०१७२१ सिए नम्बरको खाता खोलेर साहायता रकमका लागि आव्हान गरिएको अध्यक्ष लुईटेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्