विराटनगरको जेम्स स्कुलको २७ औँ वार्षिकउत्सवमा विद्यार्थीको कला

विराटनगरको जेम्स स्कुलको २७ औँ वार्षिकउत्सवमा विद्यार्थीको कला

विराटनगर । विराटनगर १ स्थित जेम्स इन्टरनेशनल स्कुलको २७ औं वार्षिकोत्सव र अभिभावक दिवस भव्य रुपमा मनाएको छ ।
कार्यक्रममास–साना नानीदेखि कक्षा १० का विद्यार्थीले आफुमा रहेको प्रतिभा देखाए ।

स्कुलका संचालक भेषराज पोखरेलका अनुसार विद्यार्थीले उनीहरुको रुचीअनुसार नै प्रतिभा देखाए र, अभिभावक, पाहुनालाई मन्त्रमुग्ध बनाए । जेम्स स्कुल उत्तरी विराटनगरको अग्रणी पुरानो विद्यार्थीमध्ये एक हो ।

८ सयभन्दा बढी विद्यार्थी अध्ययनसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा समेत सहभागि गराउँदै आएको प्रिन्सिपल निरज कोइरालाले बताए । कार्यक्रममा विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै अभिभावकसित स्कुलको अध्ययन र छोराछोरीका बारेमा शिक्षक÷शिक्षिकाले चासोपूर्ण संवाद गरेका थिए । पोखरेलको नेतृत्वमा नयाँ व्यवस्थापनले हात हालेपछि स्कुलको गुणस्तर बढेको छ । स्कुलको अध्ययनप्रति आफुहरु खुसी रहेको अभिभावक ढुंगेलले बताए ।

अर्का अभिभावक नवराज काफ्लेले जेम्स स्कुलले विद्यार्थीमा रहेको अनेकन प्रतिभालाई उनीहरुकै चाहानाअनुसार बाहिर ल्याउन सफल भएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्