विराटनगर महानगरको योजना:६ लेन सडकमा डिभाइडर हटाइने , फुलबारी लगाइने

विराटनगर महानगरको योजना:६ लेन सडकमा डिभाइडर हटाइने , फुलबारी लगाइने

विराटनगर । विराटनगर मलायरोडको नहरदेखी बरगाछीसम्मको सडकका विचमा फुलबारी राखीने भएको छ ।
६ लेनको सडकको बिचमा भएका सडकका डिभाईडर हटाएर फुलबारी राखिने भएको हो । सडकको विचमा राखिएका डिभाईडरबाट धेरै सडक दुर्घटना हुने भएका कारण दुर्घटनालाई न्युनिकरण गर्न अब फुलबारी बनाइने भएको छ ।

बिराटनगर महानगरपालिका भित्र रहेको ६ लेनको सडक परियोजना अन्तर्गतको बिराटनगर भित्रको सडकको बिचमा हाल डिभाईडर नभएको स्थानमा डिभाईडर नराखी फुलबारी बनाउने तयारी रहेको विराटनगर महानगरपालीका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले जानकारी दिनुभयो ।

बिराटनगर महानगरका मेयर भीम पराजुलीले आफ्नो कार्यकालको सुरुवातवाट नै त्यस ठाउमा फुलवारी बनाउनु पर्ने योजना थियो । डिभाईडरले सडक दुर्घटना हुने मात्र नभएर सडकको सौन्दर्यलाई समेत टेवा नपुर्याउने भएकाले बिराटनगरवासीको माग अनुसार शहर भित्रको सडकमा फुलवारी राख्न लागिएको अधिकारीले बताउनुभयो ।

यसका लागी विराटनगर महानगरपालीकाका मेयर भीम पराजुली , प्रमुख प्रसाशकिय अधिकृत एकदेव अधिकारी , सडक डिभिजन कार्यलयका प्रमु्ख ई. बिनोद शर्मा , वडा नं १५ का अध्यक्ष असलम आलम , १८ का का.अध्यक्ष राजदेव यादव लगायत प्राविधिक टोलीले दक्षिण भेगमा रहेको साईफन तथा सडकको समस्या समाधनका लागि अनुगमन समेत गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्